☰ open Loading... 20 April 2024|  

फजुल खर्च गर्दै आफै सम्मान
  | १६ असार २०७४, शुक्रबार १७:००

दैलेख । स्थानीय शान्ति समिति दैलेखले खर्चका नाममा आफ्नै कर्मचारीदेखी संयोजक सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानमा समिति सदस्यदेखी काम गर्ने कर्मचारीदेखी सरकारी कार्यालयका प्रमुखहरु रहेका छन् । समितिले संयोजक पार्वती विसुन्के, सदस्यहरु, पुर्व संयोजकहरु तथा सचिव, अन्य कर्मचारीहरुलाई सम्मान गरेको हो ।

आफैलाई सम्मानको साटो द्धन्द्धमा पिल्सिएका तथा शान्ति कायम राख्न अहम भुमीका खेल्ने नागरिकहरु पन्छाएर आसेपासे तथा मन परेका कार्यालय प्रमुखहरुलाई एक निर्णय गरेर सम्मान गरिएको समिति सदस्यहरुले गुनासो गरे । बचेको पैसा पिडितहरुको भनाईमा खर्च नगरि स्थानीय शान्ति समितिले फजुल खर्चमा सम्मान गरेको शान्ति समितिका सदस्यहरुले आरोप लगाएका छन् ।

सम्मान कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयदेखी महिना विकास कार्यालयसम्म रहेका छन् । शान्ति समितिमा योगदानभन्दा पनि नजिकका आसेपासेलाई सम्मान गरिएको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् ।

‘चाकडीका लागि कुनै भुमिका नभएका नगरका मेयरलाई समेत सम्मान गरियो ।’ एक सदस्यले भने, ‘सदरमुकामका मेयरभन्दा गाँउ पालिका र अन्य नगरपालिकामा अहम भुमीका खेल्ने जनप्रतिनिधि ओझेलमा पारियो ।’

संयोजक र समितिका सचिवविच एकल ढंगबाट सम्मानको कार्यक्रम राखीएको सदस्य नमनकुमार शाहीले आरोप लगाए । ‘समितिमा के कार्यक्रम भैरहेका छन् कसरी कार्यक्रम गरिन्छ सदस्यलाई केही पनि थाहा हुँदैन् ।’ सदस्य शाहीले भने, ‘कार्यक्रम मनपरि रुपमा एकल चलाईएको छ । त्यसको उदाहरण सम्मान कार्यक्रम हो ।’