☰ open Loading... 4 May 2024|  

सीटी बसपार्क सञ्चालन हुन अझै चार महिना लाग्ने
  | १७ असार २०७४, शनिबार ०८:३१

प्रदेश ६ को राजधानीको परिकल्पना गरिएको वीरेन्द्रनगरमा निर्माधिन सिटी बसपार्क सञ्चालन आउन अझै समय लाग्ने भएको छ । १५ महिनादेखि निर्माधिन रहेको बसपार्क आगामी असोज महिनाबाट सञ्चालन ल्याइन लागेको हो ।   वर्षातको समयमा बसपार्क कालोपत्रे गर्दा पिच उप्किने भएपछि भदौ अन्तिम साता कालोपत्रे गरेर बस पार्क सञ्चालनमा ल्याइने वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ । कालोपत्रे बाहेक बसपार्क निर्माणको करिव ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

वीरेन्द्रनगरमा निर्माण भइरहेको सुविधा सम्पन्न सिटी बसपार्क । तस्वीर मदन/पश्चिम नेपाल

मधेस आन्दोलनका कारण निर्माणमा ढिलाइ भएको चाङ्गमीला नरसिंह÷जे.भीले जानकारी दिइको छ । ‘बसपार्क निर्माणको क्रममा प्राकृतिक समस्या आएन् आन्दोलनले काम रोकियो’ निर्माण कम्पनीले भन्यो,–‘वर्षात अगावै बसपार्क हस्तान्तरण गर्ने लक्ष्यलिए पनि समयमै काम सम्पन्न गर्न सकेनौं ।’

वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विकास अधिकारीले अस्थायी टहरा, गार्डेन निर्माण र वाल निर्माणको कार्य सम्पन्न गरिसकेको बताए । उनले अवको चार महिनामा कालोपत्रे बाहेकको बाँकी सबै काम सम्पन्न भइसक्ने बताए । ‘वर्षातमा कालोपत्रे गर्दा काम राम्रो नहुने भएपछि केही समयका लागि निर्माण कार्य ढिला भएको हो’ अधिकारीले भने,–‘अवको चार महिना भित्रै सबै काम सम्पन्न गरेर निर्माण कम्पनीले बसपार्क हस्तान्तरण गर्नुहुन्छ ।’

चाङ्गमीला नरसिंह÷जे.भी कम्पनीले हाल सम्म ५६ ओटा अस्थायी टहरा (सटर) निर्माण गरेको छ । ईन्जिनियर अधिकारीका अनुसार बसपार्कको ३५ प्रतिशत काम बाँकी छर भौतिक रुपमा भने ७५ प्रतिशत काम सकिएको छ । टर्मिनल भवन र रंग लगाउने काम अन्तिम चरणमा छ । टर्मिनल बिल्डिङ काम सकिने बित्तिकै रङ रोबनको काम अगाडी बढ्ने अधिकारीको भनाई छ । वर्षात कम हुने वित्तकै पीचको काम शुरु हुने र असोज मध्य सातासम्म बसपार्क सञ्चालन आउने उनले उल्लेख गरे ।

बसपार्क निर्माणका लागि चाङ्गमीला नरसिंह÷जे.भी दार्चुलासंग ६ करोड ८३ लाखमा वीरेन्द्रनगर नगरपालिकासंग सम्झौता भएको थियो । बसपार्कलाई व्यवस्थान गर्न बसपार्क क्षेत्रमा करिव ५४ अस्थायी पसल सञ्चालन हुनेछन् ।

बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् । निर्माधिन बसपार्कमा ९० साना ठुला बस अट्ने क्षमताको हो ।