☰ open Loading... 3 May 2024|  

मेलमिलापकर्ता नै चुनावी मैदानमा
  | २४ जेष्ठ २०७४, बुधबार १८:२५

दाङ । स्थानीयतहको दोस्रो चरणको निर्वाचनमा राप्ती गाउँपालिकामा रहेका २ वटा सामुदायिक मेलमिलाप केन्द्रका १७ जना मेलमिलापकर्ताहरु चुनाब लड्दै छन् । सामुदायिक मेलमिलाप केन्द्र सिसहनियाँका अनुसार सिसहनियाँबाट १० जना र लालमटियाबाट ७ जन गरी १७ जना मेलमिलाप कर्ताहरु विभिन्न पार्टीका वडा अध्यक्ष र सदस्यमा चुनाव लड्न लागेको मेलमिलाप केन्द्र सिसहनियाँका संयोजक परशुराम चौधरीले जानकारी दिएका छन् ।

जस अनुसार नेपाली कांग्रेसको तर्फबाट वडा नं. ७ को वडा अध्यक्षमा विद्याशरण चौधरी, राष्ट्रिय जनमोर्चाको तर्फबाट वडा नं. ५ को वडा अध्यक्षमा माधवप्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नं. ६ को वडा अध्यक्षमा भिमबहादुर चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटको तर्फबाट वडा नं. ६ को वडा अध्यक्षमा विष्णुप्रसाद चौधरी, नेकपा एमालेको तर्फबाट वडा नं. ६ कै वडा अध्यक्षमा कमलापती चौधरी चुनाव लड्न लागेका हुन् ।

त्यसै गरी वडा सदस्यमा नेपाली कांगे्रसको तर्फबाट वडा नं. ७ को वडा सदस्यमा शान्ति चौधरी, सोही पार्टी कै तारा घिमिरे पनि वडा नं. ८ को वडा सदस्यमा चुनाव लड्न थालेकी छिन् । त्यसै गरी नयाँ शक्ति पार्टी नेपालको तर्फबाट चन्द्रकला परियार वडा नं. ७ को वडा दलित सदस्यमा, सोही पार्टी कै राधा चौधरी पनि वडा नं. ७ को वडा सदस्यमा चुवाव लड्दै छिन् भने नेकपा एमालेको तर्फबाट हरिचन्द्र चौधरी वडा नं. ६ को वडा सदस्यमा चुनाव लड्न थालेका छन् ।

यसै बिच सामुदायिक मेलमिलाप केन्द्र लालमटियाका अनुसार्र लालमटियाबाट ७ जना मेलमिलापकर्ताहरु सदस्य पदमा चुनाव लड्न लागेको मेलमिलाप केन्द्र लालमटियाका संयोजक तुलसा गिरीले जानकारी दिएकी छन् ।  नेकपा एमालेको तर्फबाट गंगा सुनार वडा नं. ३ को दलित वडा सदस्यमा, जनमोर्चाबाट शान्ति सुनार वडा नं. ३ को दलित वडा सदस्यमा चुनाव लड्न थालेका छन् भने नेकपा एमालेको तर्फबाट तुलसा गिरी वडा नं. ४ को वडा सदस्यमा, माओवादी केन्द्रको तर्फबाट वडा नं. ४ को वडा सदस्यमा, नेपाली कांग्रेसको तर्फबाट सुनिता मल्ल वडा नं.४ को वडा सदस्यमा, राजमोको तर्फबाट दधिबहादुर पाण्डे वडा नं. ४ को वडा सदस्य र सोही पार्टीकै लौबहादुर चौधरी पनि वडा नं. ४ कै वडा सदस्यमा चुनाव लड्न लागेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिए ।