☰ open Loading... 3 May 2024|  

मत बदर हुन नदिन नमुना मतदान
  | २७ जेष्ठ २०७४, शनिबार १८:३१

दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले दोस्रो चरण अन्तरगत आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षीत गर्दे शनिवार नमुना मतदान कार्य सम्पन्न गरेको छ ।

मतदाताहरुलाइ मतदान गर्ने र मत वदर नहोस भन्नका लागी जिल्ला निर्वाचन कार्यालय दाङले यप्रकारको नमुना मतदान केन्द« मार्फत मतदाताहरुलाइ सुसुचीत गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख जिवय कुरमार कार्कीले जानकारी दिए ।

घोराही उपमहानगरपालिका कार्यालय दाङमा रहेको बालमन्दिर प्राथमिक विद्यालयको प्रागंणमा संचालन गरिएको नमुना मतदान केन्द्रमा त्यस क्षेत्रमा रहेका बासिन्दाहरुले मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत बिजय कुमार कार्कीले जानकारी दिए ।

शनिवार बिहान ११बजेदेखी शुरु हुने भनिएको नमुना मतदान केन्द्रमा बिहान परेको पानिले गर्दा नमुना मतदान केही समय ढिलो शुरु भएको थियो । राजनितिक दलका नेता,कार्यकर्ता लगायको उपस्थीतिमा १५१ जनाले नमुना मतदान गरेका थिए । खसेको मतमध्य ५ प्रतीसत मत वदर भएको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत बिजय कुमार कार्कीले बताए ।