☰ open Loading... 3 May 2024|  

२१ सयले गरे, मृटुको परिक्षण
  | २९ जेष्ठ २०७४, सोमबार १७:१२

दैलेख । जिल्ला अस्पताल दैलेखमा गरिएका मृटु रोग तथा साधारण स्वास्थ्य शिविरमा २१ सयले मृटुको परिक्षण गरेका छन् । दुई दिनसम्म चलेको शिविरमा जिल्ला तथा जिल्ला बाहिरबाट समेत परिक्षण गर्न सेवाग्राहीहरु आएका थिए । उनीहरुले मुटुरोग विशेषज्ञ डाक्टरहरुबाट आफ्नै ठाँउमै परिक्षणको मौका पाए ।

शिविरमा गरिएको स्वास्थ्य परिक्षणमा ४८ जना जटिल विरामी, २१ सय जनाले परिक्षण, ६ सय जनाले ईसिजि, २ सय २५ जनाले ईको, ३ सय १९ को अन्ट्रासाण्ड गरिएको आयोजकले जनाएका छन् । शिविरमा मुटुरोग विशेषज्ञ डा. अनिल भटट्राई सहित १४ जना डाक्टरहरुले विरामीको चेकजाँच गरेका थिए ।

दैलेखी सेवा समाज काठमाडौको आयोजनामा भएको शिविरमा विर अस्पतालमा कार्यरक्त दैलेख घर भएका डाक्टर रविन खडका आफ्नै खर्चमा जिल्ला आए । आफुसंगै विर अस्पतालमा कार्यरक्त डा. गोवर्धन थापा, डा. राजेश मण्डललाई समेत सेवाका लागि ल्याए । ‘धेरै जिल्लामा सेवाका लागि जाने अवसर मिल्यो ।’

डा. खड्काले भने, पहिलो पटक जिल्लामा सेवा गर्ने अवसर मिल्यो । निकै खुसी लागेको छ । तत्काल दुल्लुमा विशेषज्ञ सहितको अर्को शिविर गर्ने तयारी भैरहेको छ ।’ शिविरलाई सफल बनाउन सहयोगी हातहरुकै योगदान भएको दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताए । जटिल विरामीहरुलाई काठामाडौ थप उपचारका लागि काठमाडौ बोलाईएको डा. खड्काले बताए । शिविर २६ र २७ गतेसम्म चलेको थियो ।