☰ open Loading... 17 May 2024|  

स्काईभेटर पल्टियो, चालक घाईते
  | ३१ जेष्ठ २०७४, बुधबार १२:२६

दैलेख । आठविस नगरपालिका – ९ स्थित छेपाडेको धनीखोलामा सडक खन्दाखन्दै स्काईभेटर पल्टिएको छ । सडक छेउको भाग भासिएपछि स्काईभेटर सडकदेखी ५ सय मिटर तल खसेको हो ।

दैलेखकै विकट दुर्गम गाँउ पिपलकोट जोड्ने सिहांसैन–रामगाड सडक अन्र्तगत काम गर्ने क्रममा स्काईमेटर नै पल्टिएर क्षति भएको हो । २ सय ६ मोडलको स्काईभेटर काम गर्दागदै जमिन भाँसिएपछि भिरबाट खसेको प्रत्यक्षदक्र्षीहरुले बताए ।

चालक हाम हाफेर बच्न सफल भएको छन् । हाम फाल्दा चालक कृष्ण सिह समान्य घाईते भए । उक्त सडकमा मनिषा एसएस कन्ट्रक्शनले काम गरेको थियो । रार्कमबाट प्रहरी घटना लगत्तै घटनास्थलमा पुगेको जनाईएको छ ।