☰ open Loading... 17 May 2024|  

बसन्त मावि किमुगाउँको अध्यक्षमा रावत
  | ३१ जेष्ठ २०७४, बुधबार १८:३१

दैलेख । बसन्त माध्यामिक विद्यालय किमुगाँउको नयाँ विद्यालय ब्यवस्थापन समितिको चुनाव सकिएको छ । नयाँ चुनावबाट सुरत रावतको अध्यक्षमा ६ सदस्यीय समिति चयन भएको हो ।

सदस्यहरुमा रेशमबहादुर खड्का, बसन्ती जैसी, देवी रावत र अमृत प्याकुरेल रहेका छन् । देवी र अमृत मनोनित सदस्य हुन् । चार जना सदस्य निर्वाचित भएका थिए । विद्यालयलाई नमुना बनाई जिल्लाकै अध्यायन केन्द्र बनाउने सदस्य अमृत प्याकुरेलले बताए । विद्यालय ब्यवस्थापन समितिको सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो ।