☰ open Loading... 2 May 2024|  

कर्णाली बस दुर्घटनाका दर्दनाक ६ तस्वीर
  | ३१ जेष्ठ २०७४, बुधबार १६:३२

कर्णाली नदीमा बस खस्दा ११ जनाको मृत्यु

सुर्खेत । कर्णाली राजमार्गमा भएको बस दुर्घटनामा घाइतेहरुको उद्धारका लागि एयर डाइनास्टिक हेलिकप्टर सुर्खेतबाट दुर्घटनास्थल गएको छ । पौने ६ बजे सुर्खेत विमानस्थलबाट हेलिकप्टर दुर्घटनास्थल गएको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेलाई कोहलपुर मेडिकल कलेज लगिने पनि प्रहरीको भनाई छ ।

तस्वीर साैजन्य अर्जुन शाही

 

 


……………………..
कर्णाली राजमार्ग अन्तरग कालीकोट–राकम कर्णाली सडक खण्ड अन्तरगत आठविस नगरपालिका–४ दैलेखको नैनाल थान नजिकैको मोडमा बस दुर्घटनाहुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्य ७ जनाको अवस्थामा गम्भीर छ । कालीकोटको जितेगडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस बुधबार दिउसो दुर्घटना भएको हो ।


बस सडकबाट अन्दाजी पाँचसय मिटर तल कर्णाली नदीको किनारामा खसेको स्थानीयबासी ओमजंग शाहीले जानकारी दिए । बस टुक्रा टुक्रा भएको पनि शाहीको भनाई छ । शाहीका अनुसार घाइते सबैको उद्धार गरेर राकमकर्णालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनले केहीको अवस्था गम्भीर रहेकाले तत्काल हेलिकप्टरबाट उद्धार गरिदिन सरकारसंग अपिल गरेका छन् । ‘राकमकर्णालीबाट सुर्खेत पु¥याउन ६ घण्टा लाग्छ’ शाहीले भने,–‘बस वा अन्य सवारीमा पठाउन असम्भव छ, तत्काल हेलिकप्टरबाट उद्धार गरे मात्रै बाँकीको ज्यान बचाउन सकिन्छ ।’