☰ open Loading... 3 May 2024|  

पत्रकार रिहाइकाे माग गर्दै कञ्चनपुरका पत्रकार अान्दाेलित
  | ४ असार २०७४, आईतवार १६:२९

महेन्द्रनगर । पत्रकार रिहाईको माग गर्दै कञ्चनपुरका पत्रकार बिरोध स्वरुप धर्नामा बसेका छ्न। पत्रकार खेम भण्डारी र गणेशदत्त भट्टको निसर्त रिहाईको माग राखी पत्रकार जिल्ला प्रसासनमा धर्नामा बसेका हुन ।

बिहान १० बजेदेखि पत्रकारहरु नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य प्रकाशबिक्रम शाहको अगुवाइमा धर्नामा बसेका हुन । समाचार लेखेकै भरमा पुर्बाग्रही भएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको भन्दै पत्रकार धर्नामा बसेको केन्द्रिय सदस्य प्रकाश बिक्रम साहले जानकारी दिए । पक्राउ परेका पत्रकारको रिहाई नभएसम्म धर्ना नछाडने पत्रकारले बताएका छ्न ।

दैनिक मानसखन्डका प्रकाशक सम्पादक खेम भन्डारी र कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई शनिवार प्रहरीले गैरकानुनी रुपले हिजो कार्यालयबाटै पक्राउ गरेको हो । पत्रकारहरु धर्नामा बसेपछि अाइतबार सुरु भएको उम्मेदवारी मनोनयन दर्ताको समाचार संकलन गर्न पाएका छैनन् ।

समाचारमा चित्त नबुझे उजुरी दिने निकाय भएपनि प्रहरीले आफ्नो क्षेत्राधिकार नाघेर गैरकानुनी रुपले पत्रिकाको कार्यालयमै पक्राउ गरेको हो । प्रकाशक र सम्पादक तथा कार्यकारी सम्पादक नै प्रहरी हिरासतमा रहेपछि दैनिक मानसखण्डको आइतबारको प्रकाशन प्रकाशित हुन सकेन ।