☰ open Loading... 19 April 2024|  

बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ
  | ६ असार २०७४, मंगलवार १३:४१

सुर्खेत । एक महिलालाई बलात्कार गरेको आरोपमा सुर्खेतमा एक वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी सुर्खेतमा पर्ने गुर्भाकोट नगरपालिका–६ का वडा सदस्य दलजित कामीले एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

३५ वर्षीय महिलाले आफूलाई दलजितले बलात्कार गरेको उजूरी प्रहरी कार्यालयमा दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरिक्षक धुब्रबहादुर थापाले जानकारी दिए । प्रहरीले दलजितलाई सोमबार पक्राउ गरेको हो । पीडित पक्षले उजूरी दिएपनि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउन समस्या भएको छ ।

‘ठाडो उजूरी मात्रै पीडित पक्षबाट आयो, त्यसपछि उहाँहरु सम्पर्कमा आउनु भएको छैन्’ प्रहरी निरिक्षक थापाले भने,–‘पीडित पक्षलाई बारम्बार इलाका प्रहरी कार्यालयमा आउन आग्रह गरिए पनि अहिलेसम्म आउनु भएको छैन् ।’  प्रहरीको प्रारम्भीक अनुसन्धानले दलजित र बलाकृत भनिएकी महिला विच लामो समयदेखि सहमतिमा यौन सम्पर्क राख्दै आएको खुलेको छ ।