☰ open Loading... 2 May 2024|  

भरोसा सिलाईकै
  | ६ असार २०७४, मंगलवार १३:०१

दैलेख । अल्प आयूमै श्रीमान गुमाएकी चामुण्डाविन्द्रासैनी नगरपालिका – २ चाल्नेचौताराकी मञ्जु विक विपन्न गरिव परिवारकी हुन् । केही गरु भन्दा पनि आर्थिक झिक्न नसक्दा घरमै बसेकी उनी अहिले आर्यआर्जनका लागि सिलाईकटाई नै जिउने भरोसा बनाएर दिनरात मेहेनत गरि सिकेकी छिन् । अवसर पाएसंगै उनी, गाँउमै उद्यम गर्नका लागि ३ महिनादेखी सिचाईकटाईमै समय खर्चिरहेकी छिन् ।

विहानै घरबाटै खाना बोकेर उनी सिक्न ३ घण्टा हिडेर चाल्लेचौतारा आउँछिन् । सिलाईको तालिम सकेर उनले घर नजिकै सिलाई पसल थाप्ने योजना बनाएकी छिन् । जिवनमा ब्यवसायबाट उन्नती गरेर छोराछोरीलाई राम्रो पढाई, राम्रो उपचार तथा खुसी राख्ने र दुखका दिनहरु नआईदिएको भए हुन्थ्यो भन्ने उनी सोच्छिन् ।

आर्थिक आर्यआर्जनका लागि अनेकन उपायहरु खोजिन तर, घरबाट एक पैसा पनि निकाल्ने श्रोत नभएपछि अहिले अनुदानमै सिलाई सिकेकी छिन् । त्यहीबाट सिलाई मेशिन, आवश्यक सामाग्री अनुदानमा पाउनेछिन् । अनि गाँउमै उद्यम गरेर आफुलाई उभ्याउनका लागि कडा मेहेनत गरेर तालिममा सिक्ने गरेकी छिन् । घरको आर्थिक अवस्था कमजोर रहेको मञ्जुका लागि उद्यमबाटै आफ्नो भविष्य उज्यालो बनाउने सोच छ ।

उनले आफ्नो फम दर्ता गरेर गाँउका दिदिबहिनीहरुलाई समेत ब्यवसायमा सामेल गरि गाँउमै नमुना देखाउने योजना रहेको मञ्जु बताउँछन् । मञ्जु जस्तै गाँउकै कृष्णा तामाङलाई बेरोजगार हुनुको पिडा कम्ति छैन् । घरकै कामकाजमा सिमित तामाङ अव आफै आर्थिक उन्नती गरेर परिवार पाल्नका लागि केही काम गर्ने बताईन् । ‘मैले ब्यवसायका लागि गाँउमा उत्तम पेशा सिचाई नै देखेको छु ।’ तामाङले भनिन् ः ‘अव, गाँउमै दिदिबहिनी मिलेर ब्यवसाय गछौ ।’ उनीहरु चामुण्डाको चाल्ले चौतारामा ३ महिने सिलाई कटाई तालिम लिईरहेका छन् ।

गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रममार्फत जिल्लामा ४० स्थानमा सिलाईकटाई तालिम लिईरहेका छन् । गरिव विपन्न समुदायका सदस्यहरुको नाम संकलन गरि गाँउ तथा नगरपालिका स्तरमा छनौट तथा के तालिम गर्ने भनेर ८ दिन थप तालिम दिईन्छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दैलेखका बरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आर्चायले भने, त्यसपछि बजारिकरण, सम्भावना हेरेर तालिममा सहभागी हुन्छन् ।

लद्यु उद्यम विकास कार्यक्रम मार्फत अहिले जिल्लामा ३ सय ४५ जना सहभागी छन् । अल्लोको धागो काट्ने, सिलाई कटाई, होजियारी, दालमोट बनाउने, ढाका, आलु चिप्स, सिस्ने पाउडर, लगायतका उद्यमका सिकाईएको छ । यो कार्यक्रम गर्न सामाजिक परिचालनदेखी प्रविधि हस्तान्तणसम्म लागि ८९ लाख खर्चिदैछ ।