☰ open Loading... 3 May 2024|  

एमयुको दीक्षान्त समारोह आज
  | १९ असार २०७४, सोमबार ०९:२२

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्रथम दीक्षान्त समारोह आज (सोमबार) हुने भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता आज विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन निर्माण स्थल कुइनेपानी परिसरमा दीक्षान्त समाहारो हुने भएको हो ।

यस अघि विश्वविद्यालयको सातौँ सभाको साधारण बैठक र विशेष बैठक सभाका अध्यक्ष प्रधानमन्त्री एवम् कुलपतिको अध्यक्षतामा बस्नेछ । उक्त साँतौ सभा र प्रथम दिक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भएको मध्यपश्चिमाञ्जल विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सन् २०१२ देखि २०१४ सम्म स्नातक र स्नातकोत्तर तहमा भर्ना भइ उत्तीर्ण भएका ४५१ जना छात्राछात्रहरू दीक्षान्त समारोहमा सहभागी हुनेछन । व्यवस्थापन सङ्काय अन्तर्गत एमिबिए, एमिएस, विविए र विविएस तह उत्तीर्ण हुने १३८, मानविकी र सामाजिकशास्त्र सङ्काय अन्तर्गत एम.ए. र वि.ए. तह उत्तीर्ण हुने १९४, शिक्षाशास्त्र सङ्कायमा एम.एड. र बि.एड. तह उत्तीर्ण गर्ने ९२ र विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत स्नातक तह उत्तीर्ण पहिलोपटक आयोजित दिक्षान्त समारोहमा दीक्षित हुने भएका छन ् । समारोहमा उत्कृष्ट हुने छात्राछात्रहरुले कुलपति पदक, सुर्खेत उद्द्योग बाणिज्य संघ पदक, उपकुलपति पदक लगायतका पदकहरू पनि प्राप्त गर्नेछ ।