☰ open Loading... 19 April 2024|  

संघीयताको आभास
  | २५ असार २०७४, आईतवार ११:२६

देशमा संघीयता सहितको लोकतान्त्रीक गाणतन्त्र आयो । संघीय संविधान जारी भयो । तयसको कार्यान्वयन भनेको पहिलो स्थानीय तहको निर्वाच गराउनु थियो । सरकारले करिव दुई दर्शक पछि स्थानीय तहको निर्वाचन गर्न विभिन्न चरणहरु तयार ग¥यो । देश भरी एउटै चरणमा स्थानीय निकार्यको निर्वाचन गराउनु पर्नेमा त्यो काम सरकारले गर्न सकेन ।

तीन चरणमा निर्वाचन हुने गरी आफ्नो काम अघि बढायो । पहिलो चरको निर्वाचन शान्तिपूर्ण रह्यो । दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । तर दोस्रो चरणको निर्वाचनको मदगणना कार्य जारी रहेको छ । तेस्रो चरणको निर्वाचनको मिति सरकारले तोकिसकेको छ । तर तोकिएका मितिमा स्थानीय तहको निर्वाचन हुन्छ की हुन्न ? भन्नेमा आम मानिसहरुले शंका गरिरहेका छन । देशका धेरै जिल्लाहरुका निर्वाचन सम्पन्न भएपनि तेस्रो चरणको निर्वाचन गराउने ठाउँमा त्यस क्षेत्रको जनसंख्या देशको अहिले निर्वाचन सम्पन्न गरेको क्षेत्रभन्दा बढी छन । जहाँ निर्वाचन गराउनु सरकारलाई हम्मेहम्मे हुने छ ।

 

देशमा दुई प्रकारका शासन सत्ता चलिरहेको छ । एउटै देशमा दुई शासन हुनु भनेको देश र जनताको लागि दुर्भाग्य नै हो । आधादेश जनताबाट निर्वाचित जन प्रतिनिधिले चलाई रहेका छन । आधा देशमा जनताका जनप्रतिनिधि चुनिदै छन । आधा देशमा केन्द्रीय सरकारले चलाएको छ । यसरी देश अहिलेसम्म आईपुग्दा देशको अवस्था गम्भिर मोडमा छ । तर पनि स्थानीयतहको निर्वाचन भएको स्थानका मानिसहरु भने धेरै भाथ्य मानि रहेनछन ।

किन भने संघीता सहितको संविधानको पहिलो आभास यी क्षेत्रका मानिसहरुले पाएका छन । जस्तै असार महिनामा जिल्लाहरुका सदरमुकामहरुका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको हुन्थ्यो । कति विकास निर्माणका योजनाहरु असारको १५ गते सम्झौता हुने र १५ दिनभित्र काम सम्पन्न गरी कागजी विल भरपाई मिलाई भुक्तानी लिने गरेका दृश्यहरु हाम्रो अगाडी देखिदै आएका थिए । तर हिजो आज पहिलाको तुलनामा पहिलाको जस्तो चहलपहल र मिलेमतो गरेको देखिएको छैन ।

जनप्रतिनिधिहरुलाई अहिलेसम्म तार्य तालिका सहितिको निर्र्देशिका आईपुगेको छैन तर उनीहरुले आफुहरुले गर्नु पर्ने जनताका आधारभूत कामहरु गरिरहेका छन । जिल्लामा नआई नहुने कामहरुको लागि जिल्लामा आउनु पर्ने नै भयो तर साना तिना कामहरु गाउँपालिका र नगरपालिकाबाट हुर्दै आएका छन ।

वास्तवमा भन्नु पर्ने हो भने यतिसम्म की यो लेख लेख्दासम्म असार महिना आधा गईसकेको छ । सरमुकामवासीहरुले अहिलेको असार मसान्त लागेको जस्तो मानेका छैनन् । विगतको वर्षहरुका पनि त्यहि काम हुन्थ्यो र त्यसरी नै कामहरु चलिरहेका हुन्थ्ये भने अहिले पनि विकास निर्माण लगाएतका कामहर भईरहका छन ।

विस्तारै विस्तारै सदरमुकामहरुको ब्यपार ब्यवसाय कम हुदैं गएको छ । मानिसहरुको सम्पर्क विगतका भन्दा कम हुर्दैं गएको छ । केही हदसम्म देशमा संघीयता कार्यान्वय हुदै गएको आम नागरिकहरुले आभास पाएका छन ।

लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष तथा दैलेख पत्र दैनिकका प्रकाशक हुन ।
इमेल : – newsdailekh@gmail.com