☰ open Loading... 2 May 2024|  

बादी समुदायले सोधेः– कहिले पाउँछौं धारामा पानी ?
  | २४ असार २०७४, शनिबार ०९:३८

 वीरेन्द्रनगरको झुप्रा खोलामा लामो समयदेखि बस्दै आएका बादी समुदायले आफूहरुलाई खानेपानीको समस्या रहेको गुनासो सुनाएका छन् । पटक–पटक वीरेन्द्रनगर नगरपालिका र सुपरिवेक्षण कार्यालयलाई खानेपानीको समस्यालाई समधान गरिदिन निवेदन दिएपनि हालसम्म कुनै सुनुवाई नगरेको भुप्रा टोल विकास संस्था खिमबहादु बादीले गुनोसो गरे ।

शुक्रबार वीरेन्द्रनगर जिल्ला समन्वय समितिले आयोजना र असल शासन क्लवको समन्वयमा भएको ‘गुणस्तरीय विकास योजना र प्रभावकारी सार्वजनिक सेवा’ विषयक जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा वादी समुदायका नागरिकले गुनासो सुनाए । ‘मनसुन शुरु भयो,खोलामा पानी धमिलो आउँछ खानेपानीको धारा छैन, वादी समुदायिहरु धमिलो पानी खान बाध्य छन्’ उनले भने,–‘धाराको पानी कहिले खान पाउँछौँ ? चुनाव नजिकै गर्दा राजनीतिहरु झुटो आवश्वासन दिन्छ, जित्दा कहिले सम्म विर्सिरहने ।’

२०६० सालदेखि हालसम्म वादी समुदायहरुले दुईओटा सुविधा पाएका छौँ । वादी समुदायीहरु एउटा उदारण मात्र हो, दुर्गमका गाउँ वस्तीहरुमा समस्या जिउका तिउ रहेको उनीहरुको गुनासो थियो । तर बादी समुदायले आफ्नो समस्या सुनाइरहँदा विषयत कार्यालय नगरपालिका बाहेक खानेपानी तथा सुपरिवेक्षण कार्यालयका प्रतिनीधिको उपस्थिती थिएन् । कार्यक्रममा सहभागी अन्य नागरिकहरुले वीरेन्द्रनगर नगरपालिका र विद्युत प्राधिकरण शाखालाई समयमै काम नगर्नुको कारण सम्वन्धीत सरोकारवाला निकायका प्रतिनीधिलाई जिज्ञासा राखेका थिए ।

वीरेन्द्रनगर–७ की मधुरानी श्रेष्ठले सडकमा कालो पत्र नहुदाँ वर्षातको समयमा यात्रा गर्न निकै कठिनाई हुने गरेका बताईन । पोलहरुमा विद्युत प्राधिकरणले बत्ति जडान नगर्दा रातिको समयमा आवत–जावत गर्न अप्ठ्यारो भएको दुखेसो पोखिन । बत्ती जडानको मागका लागि विद्युत प्राधिकरणमा जादाँ यो दायित्व नगरपालिकाको हो भन्छन नगरपालिका जाँदा बजेट छैन भन्छन्, जिम्मेवारी कसको हो उनको प्रश्न थियो ।

लेकवेशी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष चक्रबहादुर सुनारले विद्युत प्राधिकरणलाई पटक–पटक ट्रान्सफर्मर परिवर्तन गरिदिन लिखित निवेदन दिएपनि कुनैपनि सुनुवाई नगरेको गुनासो गरेका थिए । अहिलेको ट्रान्सफर्मरबाट मोवाइल चार्ज मात्र लगाउन मिल्छ, ठुलो लोडको उपकरणहरु चलाउन मिल्दैन, विद्युत प्राधिकरणले कहिले हुन्छ ट्रान्सर्फम चेन्ज उनले नेपाल प्राधिकारण वितरण शाखा सुर्खेतसंग जवाफ दिन आग्रह गरे ।

सेवाप्रवाह निकायको तर्फबाट बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले सुझावलाई  कार्यान्वय गरी आगामी दिनमा देखा परेका समस्यालाई समधान गर्ने प्रतिवद्धता जनाए । नगरपालिकाले सुन्दर वीरेन्द्रनगर नगरपालिका बनाउनका लागि गुरुयोजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका उनले यो अभियानमा साथ दिन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले नागरिकलाई शान्ति र अपराध रोकथाम गर्नका लागि जिल्लामा २४ घण्टा सुरक्षा प्रदान गरिएको जानकारी दिए । जिल्ला सम्मन्वय समिति, उच्च मुल्य कृषि वस्तु विकास आयोजना, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, सिँचाई डिभिजन विकास कार्यालय, र जिल्ला भु–सरक्षण कार्यालयहरु आ–आफ्नो कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्साल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने लगायत जिल्ला स्थित सरकारी तथा गैर–सरकारी कार्यालय प्रमुख एंव प्रतिनीधि, नागरिक समाजको उपस्थिति थियो ।