☰ open Loading... 19 May 2024|  

सडक भास्सिएपछि जाजरकाेटमा यातायात बन्द
  | २७ असार २०७४, मंगलवार १५:३६

जाजरकोट । गएराती देखि लगातार परेको बर्षातले सदरमुकाम खलंगा नजिकै पहिरो जाँदा यातायात अबरुद्ध भएको छ । बर्षातले छिन्चु जाजरकोट सडक खण्ड अन्तर्रगत सदरमुकामको बसपार्क नजिकैको खहरे खोलामा पहिरो गएर सडक भास्सीयपछी यातायात अबरुद्ध भएको हो ।

?

यातायात अबरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । लगातार परिरहेको बर्षातका कारण यात्रुहरुलाई हिडेर खलंगा बजारसम्म पुग्न निकै समस्या भइरहेको छ । सडक अवरुद्ध भएपछि बाँकेको नेपालगञ्ज, सुर्खेत लगायतका ठाउँबाट जिल्ला सदरमुकाम भित्र्ने गाडीहरु बिचबाटो मै अलपत्र परेका छन् ।

भास्सीएको सडक बनाउन तथा पहीरो हटाउन समय लाग्ने भएकाले केही हप्तासम्म यातायात अबरुद्ध हुने भएको छ । सदरमुकाम खलंगामा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । त्यस्तै विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले कुलो भत्काएपछी ९७ किलोवाट क्षमताको स्थानीय सांङ्टाखोला लघु जलबिद्युत आयोजना बन्द भएको छ । त्यसै गरी सदरमुकामको ठाँटीबजार स्थित घुम्तिमा पहीरोले निकै क्षति पुर्याएको छ ।

जिल्लाको पश्चिम छेडाचौर देखी छेडागाड नगरपालिका–१ खारासम्मको १२ किलो मिटर सडकमा ३ दिन देखी यातायातका साधन चल्न सकेका छैनन् । पश्चिम क्षेत्रमा जाने एक मात्र सडकको विभिन्न ठाउँमा पहीरो गएपछि यातायात साधन चल्न नसकेका हुन् ।

वर्षा पछि आएको पहीरोले गत शुक्रवार मात्रै त्रिवेणी नलगाड नगरपालिका १३ मा सयौ रोपनीमा लगाएको धान तथा मकैवाली वाली नष्ट गरेको छ । त्यस ठाउँका ३५ घरपरीवारले लगाएको धान तथा मकैवाली लगाएको सबै जमिन बगाएको स्थानीय शुक्रराज सिंहले जानकारी दिए ।