☰ open Loading... 17 November 2024|  

अछामकाे विनायक अासपासका ग्रामिण सडक अवरूद्ध
  | २९ असार २०७४, बिहीबार १७:५२

अछाम । केहिदिन पहिले देखिको अविरल बर्षाका कारण अछामको विनायक आसपासका शाखा सडकहरु पुर्ण रुपमा अवरुद्ध बनेका छन । गएको बर्ष बर्खामा पनि निरन्तर गाडि चलेका यहाका केहि शाखा सडकहरु अवरुद्ध बनेको हुन ।

विनायक तोली कालेकाडा सडक खण्डको विनायक तोलि खण्डमा ३ ठाउमा पहिरोका कारण बाटो अवरुद्ध बनेको छ । उक्त सडकमा साना तथा ठुला सवारी साधन चल्न छोडेका छन । यस्तै विनायक लयाटि सडक खण्ड पनि पानिले छिया छिया परेको छ ।

विनायक बजार देखि कुईका नादी सम्म जाने मोटरबाटो पुर्ण रुपमा अवरुद्ध बनेको छ । साखा सडकहरु अवरुद्ध हुदा तोलि , लयाटी , पुल्लेतोला लगायतका क्षेत्रका बजारमा सामानको समास्या देखिएको छ । विरामी तथा बृद्धबृद्धा हरुलाई आवतजावतमा समस्या भएको छ । खाध्यान्न ढुवानीमा समस्या भएकाले विपन्न परिवारका बासीन्दालाई खाध्यन्नको समास्या भएको छ ।

यसैविच निर्माणाधिन मध्यपहाडी राजमार्गको बेलखेत देखि गैरीटाड खण्डमा ठुला सवारी साधन चल्न छोडेको २ हप्ता भएपनि पुनः सञ्चालनका लागी पहल भएको छैन ।

विनायक देखि बेलखेत तथा विनायक देखि गैरीटाड सम्म डोजरको सहायताले पहिरो पन्छ्यादै ट्याक्टर तथा अन्य मालवाहक साधन चलेपनि यात्रुवाहक सवारी साधन सुचारुका लागी पहल भएको छैन । सडक हिलाम्मे भएका कारण साना सवारी साधन मोटर साईकलमा यात्रा गर्नेहरुलाई सास्ति भएको छ ।