☰ open Loading... 17 May 2024|  

चामुण्डा–विन्द्रासैनीको बजेट ३५ करोड : सडक र खानेपानी प्राथमिकतामा
  | २ श्रावण २०७४, सोमबार १०:१६

जम्बुकाँध (दैलेख) । चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रथम नगरसभाले आगामी आर्थिक वर्र्ष २०७४÷०७५ का लागि रु ३४ करोड २२ लाख ६० हजार ६ सय बजेट पारित गरेको । प्रथम नगर सभाले पुर्वाधार निर्माण र कृषिलाई पहिलो प्राथमिकताका साथ सो बजेट पारित गरिएको हो ।

नगर स्तरीय पार्क शिर्षकमा १ करोड विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही खत्रीले जानकारी दिईन । उनका अनुसार यो बजेट मध्य सबै भन्दा बढी साङ्गलडा–चाल्ले चौतरका सडक खण्डका लागि ३ करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै विन्दासैनीको खानेपानीको समस्या समधान गर्नका लागि रामघाट खोला र पादुकाखोलाकोपानीलाई पम्पीङ्ग सिस्टमबाट ल्याउनको लागि १ करोड ५० लाख बजेट छुट्इएको छ । यस्तै नगर स्तरीयखेल मैदान निर्माणका लागि १ करोड र टिम्बुर, अलैची आँप लगायतको शिर्षकमा१ करोड बजेट छुटाएको छ ।

विपद व्यवस्थानका शिर्षक २० लाख, दलितहरुको सिप विकास शिर्षकमा १ लाख ६० हजार छुटाईएको छ । आगामी दिनमा छाउपीडि प्रथा रहितनगर बनाउने शिर्षकमा १ लाख, महिलाहरुको क्षमता अभिवृद्धि शिर्षकमा ९ लाखबजेट छुटाईएको उनले जानकारी दिईन । चालु आर्थिक वर्षमा नगरपालिकाले १२ लाख भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यता, चामुण्डाविन्द्रासैनी नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले हरियाली र आयमुलक नगरपालिका बनाउनका लागि जनताहरुको सुझावलाई लिएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले भने,–‘जात, झगडा, जस्ताविषयलाई लिएर नगरपालिकामा नआउन आग्रह गरे ।

‘पवित्र मन र पौरखीहातलिएर आउनुहोस’ नगरपालिका सहयोग गर्न तयार रहेकाे बताए उनले नगरवासीले सडक अतिक्रिण र वन अतिक्रण गरी भवनहरु नबनाउन निर्देशन दिए ।