☰ open Loading... 2 May 2024|  

मुगुमा २४ प्रतिशतले राजश्व वृद्धि
  | ४ श्रावण २०७४, बुधबार १६:५२

मुगु । मुगुमा विगतका बर्षको तुलनमा अार्थिक बर्ष २०७३/०७४ मा २४ प्रतिशतले राजश्वमा वृद्धि भएकाे छ । अार्थिक बर्ष२०७२/०७३ मा ५२.७ प्रतिशत राजस्व संकलन भएको थियाे । तर गएकाे अार्थिक बर्ष २०७३/०७४ मा २४ प्रतिशतले बृद्धि भएर ७६.६६ प्रतिशत राजश्व संकलन भएको जिल्ला मालपोत कार्यलय मुगुले जनाएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला मालपोत कार्यालय मुगुले ३३ लाख ३४ हजार ४५० राजश्व संकलन भएकाे जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायाले बताए । कार्यालयमा घरजग्गा रजिष्ट्रेशन बापत २८ लाख ५ हजार ९ सय रुपैया, सेवा शुल्कबाट ४ लाख ५९ हजार ९ सय ८० रुपैया, पुर्जा विक्रिबाट ६ हजार ५ सय ५० रुपैया, प्रशासनिक दस्तुर ३ हजार २ सय ३६ नामसारी नक्कल दस्तुरबाट ५८ हजार ९ सय ६४ रुपैया, राजस्व संकलन भएको अधिकृत रोकायाको भनाई छ ।  आर्थिक बर्ष २०७२/०७३ मा २१ लाख ४० हजार ८ सय ७१ रुपैया राजश्व संकलन भएको थियो ।