☰ open Loading... 17 May 2024|  

‘गीत गाउन भनेसी खाना नि विर्सन्थे’
  | ४ श्रावण २०७४, बुधबार १६:५४

१.आफूलाई के भनेर चिनाउनु हुन्छ ?
म आफूलाई गायिका भनेर नै चिनाउन रुचाउँछु । किनकी म सानै छँदा गायिका बन्ने ठूलो सपना थियो । म शिक्षिका पनि हुँ । तर गायिका भनेर चिनिदा मलाई खुसी लाग्छ ।

२.कला क्षेत्रमा लागेको कति वर्ष भयो ?
कला क्षेत्रमा औपचारिक रुपमा लागेको त मेरो पहिलो एल्बम रुनपरेपछि बजारमा आयो । यो गित २०७० सालमा बजारमा आयो । त्यही बेलादेखि म कलाकारितामा आवद्ध भएको हुँ । यद्यपि म स्कुले जीवनदेखि नै गीत गाउँथे । स्कुलका सवै कार्यक्रमहरुमा सरिक हुन्थे र गाउँघरमा हुने सांस्कृती कार्यक्रममा पनि गीतहरु गाउँथे । म गीत संगितमा यति रुचि राख्थे की गीत गाउनु प¥यो भन्दा खाना खान नि विर्सने गर्थे ।

३.कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
कला क्षेत्रमा प्रवेशको शुभारम्भ लोकदोहोरी गिति एल्बम रुन परेपछि…बाट प्रवेश गरे । पहिलो एल्बम जुन मैले परिक्षणको रुपमा दर्शक सामु ल्याएको थिए । यो गितलाई स्रोत÷दर्शकले एकदमै मनपराई दिनुभयो । दर्शक/स्रोतको मायाले मलाई झन साहश, जोश जागर बढायो र अहिलेसम्म पनि निरन्तरता दिएकी छु ।

४. हरेक वर्षको तीजमा कति वटा एल्वबम निकाल्नु हुन्छ र तीजका गीत बाहेकका कतिवटा गीत बजारमा छन ?
हरेक वर्ष तीजमा मैले एक दुईवटा गीत ल्याउने गरेकी थिए । तर यो वर्ष ल्याउन सकिने किनकी गीत रेकर्डको समयमा म दुर्घटनामा परेको थिए । त्यसैले मैले यो वर्ष तीजका गीत गाउन सकिन, अव ढिला नी भइसक्यो । हालसम्म बजारमा आएका दुई दर्जन गीत आफैले गाएकी छु ।

 ५.लोक संगीतमै आकर्षित हुनुको कारण के हो ?
लोक संगितमै आकर्षित हुनुको कारण लोक संगित हाम्रो देशको पहिचान र गौरव हो । जसको जगेर्ना हामीले नै गुर्नपर्छ । हाम्रो लोक संस्कृति संरक्षण गर्न सके हामी नेपाली हुनुको सान र गौरव नै बेग्लै रहन्छ । म केही हदसम्म भएनी संस्कृती संरक्षण गर्न सक्छु भनेर यो क्षेत्रमा होमिएको हुँ ।

६.तपाईँले दर्शक वा स्रोताहरुलाई कस्ता खालका गीतहरु पस्कनु हुन्छ ?
मैले अहिलेसम्म दुई दर्जन गीत गायकी छु । यी मध्य केही गित लोकदोहोरी र देउडा गीत हुन् । मेरो गीतमा छाडापन छैन् । केही सन्देश दिने खालका गीत छन् र म चाहान्छु मेरो गीतहरुले केही सकरात्मक सन्देश बोकेको होस्, देशको पहिचान बोकेका होस् । त्यसैले यस्ता गीत गाएको हुँ । मैले मायाप्रेमका गीतहरु पनि गाएको छु । जुन गीतहरु एकदमै सभ्य र सन्देशमुलक छन् ।

७. अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा मलाई छोटो समयमा नै धेरै माया र हौसला मेरा शुभचिन्तक तथा दर्शक÷स्रोतले गरिदिनुभएको छ । एकदमै अभारी छु र सधैँ यस्तै साथ र हौसला पाउनेछु भन्ने अपेक्षा छ । आउँदै गरेको हरितालिका तीजको अवसरमा सवैलाई शुभकामना ।