☰ open Loading... 3 May 2024|  

सरकार फेरिए खाेलाका काठे पुल कहिल्यै फेरिएनन्
  | ७ श्रावण २०७४, शनिबार २०:१५

जाजरकोट । यहाँका बिभिन्न खोलामा रहेका काठे पुल जिर्ण भएका छन् । स्थानिय खोलामा राखिएका बर्षौ पुराना काठका पुलहरु जिर्ण अवस्थामा रहेका छन् । बर्षातको समयमा खोला वारपार गर्न राखिएका सामान्य काठका पुलहरु जिर्ण हुदा स्थानिय बासिन्दाहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जाजरकोटका अधिकांश खोलाहरु बर्षातको समयमा वारपार गर्न निकै कठिन हुने गरेको छ । सवै ठाउँमा झोलुंगे पुलको पहुँच नपुगेकोले स्थानियहरु काठे पुलकै जोखिमपुर्ण यात्र गर्न बाध्य भइरहेका छन् । जिल्लाका सवै जसो ठाउँमा खोला तर्न काठको पुल नै प्रयोगमा आइरहेका छन । तर बर्षौ पहिले बनाइएका काठका पुलहरु अहिले कमजोर भई भाँच्चिएर कतिपयको ज्यानै जाने गरेको छ ।

गत शोमवार २ गते मात्रै त्रिवेणी नलगाड नगरपालीका–३ का ४० बर्षीय होम बहादुर दमाईको हिड्दा हिड्दै काठे पुल भाँच्चिएर खोलाले बगाउदा ज्यानै गएको थियो । बिषेश गरी बिद्यालय जाने बालबालीका, बृद्ध बृद्धाहरु र अशक्तहरुलाई बढि जोखिम हुने गरेको छ । काठको पुल जिर्ण अवस्थाको छ बर्षातको समयमा खोला तर्न सक्दैनन् त्यसैले आफ्ना छोरा छोरीलाई पानी परेको दिन बिद्यालयमा नपठाएको भेरी नगरपालीका ६ का मान बहादुर खत्रीले बताए ।

खोलामा पानी बढेको र काठे पुल कुहीएर हिड्न नमिल्ने भएको हुदा बर्षा अबधि भरी आफ्ना बालबालीका बिद्यालय नपठाउने सोही गाउँकै नर बहादुर घर्तीले बताउनु भयो । कतिपय ठाउँमा खोलामा काठका पुल समेत नहुदा बाढी आएको वेला वारपार गर्न समस्य खेप्दै आइरहेको कुशे गाउँपालीका १ का वडा अध्यक्ष गोपाल नेपालीले बताए ।

भेरी नगरपालीका २ का स्थानिय वासीहरुको सदरमुकाम प्रवेश गर्दा प्रयोग गरीने कोटखोलाको काठेपुल जिर्ण बन्दा तरकारी तथा दुध विक्रि गर्न समस्या भएको उनिहरुले गुनासो छ । जिल्लाका दुइ दर्जन बढी खोलाहरुमा वारपार गर्न काठेपुलकै प्रयोग गर्ने गरीएको छ । तर ति सवै जिर्ण आवस्थामा छन ।

बिशेषगरी छेडागाड र त्रिवेणी नलगाड नगरपालीका, कुशे र जुनिचाँदे गाउँपालीकामा बाह्रै महिना काठेपुलको जोखिम पुर्ण यात्र गर्नु पर्ने बाध्यता रहेको छ । गाउँका बिभिन्न खोलाहरुमा रहेका काठेपुललाई बिस्थापित गरी झोलुंगे पुल बनाउन आफ्ना जनप्रतिनिधीहरुलाई स्थानिय बासिहरुले आग्रह गरेका छन् ।