☰ open Loading... 2 May 2024|  

‘गाडी चढ्दैन, जनतालाई बचाउन एम्बुलेन्स किन्छु’
  | ८ श्रावण २०७४, आईतवार ०७:३१

आज भोली के काममा व्यस्त हुनु हुन्छ ? 

चामुण्डा–विन्द्रासैनी नगरपालिकाको प्रथम नगर सभा भर्खरै सम्पन्न गरेका छौं । हामी यसै काममा केन्द्रित थियौं, र यसपछि यस नगरपालिकाका ९ वडामा विनियोजित रकमको सहि सदुपयोग कसरी गर्ने, विकासका पुर्वाधारहरुलाई कसरी दिगो विकासको रुपमा लिएर आम नगरवासीको जनजीविका र आर्थिक उन्नतिको पाटोलाई माथि उठान सकिन्छ भन्ने विषयमा होमिएको छु ।

पाँच वर्षभित्रमा समृद्ध नगर बनाउने तपाईका योजनाहरु के हुन् ? 

हामी यस नगरपालिकाको गुरुयोजना बनाउने कार्यमा जुटेका छौं । यो गुरुयोजना सर्ट ट्रम, मिड ट्रम र लङ ट्रम भिजन हामी तयार गर्दैछौं । यसमा यो नगरपालिकाको समग्र विकासको गुरुयोजना तयार हुनेछ र नगरको समृद्धिका लागि हामीले कृषिमा र वनमा बढी जोड दिएका छौँ । कृषिलाई आय–मुलक र रोजगार मुलक बनाएर लैजानु पर्छ । यहाँका वनहरुलाई पनि आयमुलक बनाउनु पर्छ भन्ने हाम्रो अवधारण छ । यसपछि ग्रामीण औद्योगिक क्षेत्र स्थापना गरेर साना उद्योग र मझौला उद्योगहरुको विकास गरी रोजगार श्रृजना गरेर लैजानु पर्छ भने हाम्रो धारणा हो ।

यस नगरमा चाल्या–पाल्त कृषि ओखर पकेट क्षेत्र, हिउखेपानी–गडाजिउलासम्म आँप पकेट क्षेत्र, गडाजिउला–पादुका कृषि मोडेल क्षेत्र, सितला–चामरेकोट टिमुर अनार पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम छुटाएर अगाडी बढि सकेका छौँ । मलाई विश्वास छ, छिटो भन्दा छिटो यहाँ कृषि र वनबाट रोजगार श्रृजना भएर गरिबी निवारण हुनेमा अपेक्षा लिएका छौं । समृद्ध नगरपालिका बनाउन सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं । दोस्रोमा कृषि र तेस्रो सिचाईँको विकास गर्ने योजनाहरु पारित गरिसकेका छौं ।

समग्र कृषिलाई नै गुरुयोजनामा हालेर सिँचाई लगायत कृषिमा जोडिने सबै कुरा एउटा योजनामा हालेर अघि बढेका छौं । मलाई विश्वास छ, यो एउटा मोडले नै बन्ने छ र नमुना कृषि क्षेत्रबाट तपाई हामी धेरै कुरा प्राप्त गर्नेछौँ । एउटा नमुना कृषि क्षेत्रमा तरकारी खेती, अन्न खेती, फलफुल खेती, माछा पालन, कुखुरा पालन, भैसी पालन र मौरी पालन लगायतका धेरै विषय वस्तु समेटेर मोडेल क्षेत्र बन्नेछन् । यी क्षेत्रको विकास भयो भने कृषिसंगै पर्यटन क्षेत्रलाई माथि उकास्नमा अनुकरणयी र दर्शनिय हुनेछ ।

तपाईँले राम्रा र महोत्वकांक्षी योजनाहरु अघि बढाउनु भएको छ तर सफल बनाउने रणनीति के छन् ? 

योजना सफल बनाउनका लागि गुरुयोजना नै छोटो, मध्यम र लामो अवद्यीका छन् । प्रभावकारी बजेट विनियोजन गर्ने, हिजोका दिनमा साविकको चामुण्डा, जम्बुकाँध र लयाडीविन्द्रासैनी गाविसमा कृषि क्षेत्रमा केही लाख रकम पनि छुट्टिदैन्थ्यो । आज करोडौको बजेट हामीले यसमा विनियोजन गरेका छौँ । कार्यान्वयन मुख्य पक्ष हो, हामी अवको पाँच वर्षमा जसरी पनि साच्चै हेर्न र अनुभव सिक्ने थलोको रुपमा विकास गर्नमा होमिएकाले सफल बनाउने मुख्य आधार यीनै हुन् ।

हरेक ठाउँको विकास लागि सडक भरपर्दो हुनुपर्छ । तर यसै नगरपालिकालाई मध्यपहाडी लोकमार्गले पनि छोएको छ । यति मात्र हैन यहाँ ट्याक खोलिएका ग्रमिण सडक पनि छन् यद्यपी ति सडकहरु झरी पर्यो की बन्द हुन्छन् । सडकको दिगो व्यवस्थापनका लागि तपाईँ कसरी अघि बढ्दै हुनुहुन्छ ? 

अहिले हामीले नगर भित्रका सडकलाई दिर्घकालिन रुपमा विकास गर्ने हेतुले सडकलाई नै प्राथमिकतामा दिएका छौं । सडकमा नै सवैभन्दा बढी रकम विनियोजित नगर सभाले पारित गरेको छ । यातायात विकासको प्रमुख ढोका अर्थात प्रवेशद्धावर नै हो । त्यसकारण हामीले हरेक वडाहरुमा वडा सडकहरु, वडा सदरमुकामबाट नगर सदरमुकाम जोड्ने सडकहरु संजाल तयार गर्न यति धेरै रकम विनियोजन गरेका हौं ।

कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग जोडेर पाल्तसम्म पुग्नका लागि हामी ३ करोड रकम विनियोजन गरेका छौं । विगतकोभन्दा अहिलेको रकम ठुलोपनि हो । त्यसैले हाम्रो नगरपालिकामा अर्को वर्षदेखि नियमित स्थानीय बस र गाडीहरु चलेको तपाईहरुले देख्न पाउनु हुनेछ । साङ्गलतडादेखि पाल्तसम्म नियमित संचालन गर्नेछौँ । आम नगरवासीको यो मुख्य सडक पनि हो, त्यसैले यो सेवा सुविधा पु¥याउने छ, यसलाई हामीले एक नम्बरमा राखेका छौँ ।

सु–शासनयुक्त नगर बनाउन तपाईका योजनाहरु के छन ? 

सबैभन्दा पहिला सुशासनका लागि जनचेतना र नेतृत्वको प्रभावकारी भुमिका दुवै चाहिन्छ । यसमा हामीलाई सहयोग पु¥याउनका लागि तत्काल नगर प्रहरीको माग गरेका छौँ । त्यसपछि गएर सचेतना मुलक कार्यक्रमहरु अगाडी बढाउनका लागि छाउपीडि प्रथा, बालविवाह, बहुविवाहलाई उन्मुलन गर्नका लागि हामीले प्रभावकारी बजेट विनियोजन गरेका छौँ ।

पिछाडिएका कामी, दमाई समग्र दलितहरुको उत्थान र सीपमुलक विकास लागि पनि बजेट विनियोजित गरेका छौँ । शिक्षा, स्वास्थ्य आम नागरिकहरुसंग जोडिने भएकाले त्यसरी विभिन्न कार्यक्रम अघि ल्याएर यहाँको सुशासन कायम गर्न क्षेत्रलाई यसरी समेटेर अगाडी बढ्नेछौँ । सुशासन कायम गर्न हामीले एउटा कार्ययोजना पनि बनाएका छौँ । अब आउने दिनमा भष्ट्राचारलाई शुन्य सहनशिलता बनाउने प्रतिवद्धता जनाउन चाहान्छु ।

यो नगरपालिकामा मात्रै नभएर जिल्लाका पश्चिम क्षेत्रमा छाउपडी कुप्रथा कायममै छ । तपाईँको नेतृत्वमा यो नगरपालिकाबाट यस्ता कुप्रथा न्युनिकरण गरेर अरुलाई समेत सिकाई हुने योजना कस्ता छन् ? 

यस्ता सामाजिक कुरितिको अन्त्य गर्न म पहिलादेखि नै समाज सुधारमा होमिएको छु । म निर्वाचित भए लगतै मेरो आँखा अगाडी नै छाउपीडि कुप्रथाकै कारण दुई जना दिदीबहिनीहरुले ज्यान गुमाइ सक्नु भएको छ । यो घट्नाले मलाई थप दुखित् बनाएको छ । एउटा महिलालाई सर्पले टोकेका दुई–दुई दिनसम्म पनि उपचार नहुदाँ र अर्को १२ घण्टापछि मृत्यु भयो ।

घरपरिवारलाई यो सम्बन्धी सचेतना नहुनु हो भने अर्को यो नगरपालिमा एम्बुलेसन नहुनले दुवै जनाले ज्यान गुमाउनु परेको हो । समयमै अस्पताल पु¥याएर उपचार गरेको भए दुइ वटै दिदीबहिनीहरु बाच्नु हुन्थ्यो होला ।

त्यसकारण अहिले सवारी साधनमा नगरपालिकाका बजेट विनियोजन नगरेर, हामी गाडी नचढेर, जति सक्दो छिटो एउटा एम्बुलेन्स सेवा यो नगरवासीलाई दिनुपर्छ भन्ने बारेमा एउटा प्रतिवद्धता जायर गरेका छौँ ।

म आफु पहिला गाडी चढ्नु भन्दापनि पहिला नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन एम्बुलेन्स सेवा दिन खरिद गर्नेछाैँ । म आम नगरवासीले के प्रतिवद्धता जाहेर गर्न चाहान्छु भने म नगरको प्रमुख हुँ, तर गाडी चढ्दैन जनतालाई बचाउने एम्बुलेन्स खरिद गरेर स्वास्थ्य सेवा दिन्छु । र छाउपडी कुप्रथालाई अन्त्य गर्न हरबखत कटिवद्ध भएर लाग्नेछु ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

मेरो विचारलाई सार्वजनिक गरेर यहाँको जनतालाई स–सूचित बनाउने अवसर दिनु भएकोमा तपाईको लोकप्रिय अनलाइन पत्रिकालाइ धन्यवाद दिन चाहान छु ।

मतदाता र शुभचिन्तकहरुले चुनवको बेला शुभकामना शुभेच्छा जायर गर्नु हुन्छ, मतदाताले भोटपनि दिन्छन । जनताको भनेको मालिकको हामी जनताका सेवक हौँ । सेवकले कसरी काम ग¥यो, के गर्दै छ, भन्ने बेला बखत चेकजाँच, सुझाव–सल्लाह जनताले दिनुपर्छ । मतदाताले गर्नुपर्छ । मत त दिन्छौँ तर दोस्रो काम गर्न विर्सिने गर्छन ।

यसले पनि धेरै कुरालाई फरक पार्छ, त्यो जनताहरुको दात्यिव पनि हो । जनप्रतिनीधिले पनि चुनावको बेला मतदाताको घर–घर जाने नमस्कार गर्ने फेरी बिर्सिने । जितिसकेपछि नेताहरुबाट पनि हुन सक्छ । यी दुई वटै कुराहरु हुनु हुदैन । चुनावको समयमा जे प्रतिवद्धता बाँचा गरेका थियौँ, त्यो पुरा गर्नका लागि हरपल सचेत हुनपर्छ र म नि सचेत छु ।

सधै गरिब निमुखा जनतालाई सम्झेर र पिछडिएको क्षेत्रलाई सम्झिएर आफ्ना कार्य योजनालाई अगाडी बढाउनेछु । दुर्गम क्षेत्रमा विकासको अनुभूति गराउनमा कुनै कसर बाँकी राख्ने छैन् । हामीले अघि सारेका योजनाहरुमा अर्थात कामहरुमा नगरवासी साथ र सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहान्छु ।