चौकुनेको गाउसभा भर्खरै सम्पन्न भएको छ । कस्ता योजना पारित गर्नुभयो ?
पहिलो वर्षको बजेट भएकाले हामीले चौकुने गाँउपालिकाको बजेट समग्र सम्वृद्विका लागि मास्टर प्लानिगं बनाएर जाने निर्णय गरेका छौं । यस वर्षको बजेटमा विशेष गरेर पुर्वाधारलाई प्राथमिकता दिदै ११ करोड बजेट विनियोजन गरेका छौं ।
हामीले चौकुनेको आर्थिक विकास, सामाजिक विकास, संस्थागत विकास लगायतका क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरेका छौं । सबै वडालाई समेटने गरी ल्याएको बजेट हरेक वडामा ८ लाखका दरले विनियोजन गरेर बहुउदेश्यीय सभा हल बनाउने योजना बनाएका छौं । प्रत्येक वडामा पुष्पलाल पार्क निर्माण गर्ने भएका छौं । त्यसका लागि हामीले हरेक वडामा डेढ लाखको दरले बजेट विनियोजन गरेका छौं ।
१ लाखका दरले नर्सरी व्यवस्थापन गर्ने गरि हरेक वडामा हरित चौकुने बनाउने कार्यक्रम बनाएका छौं । त्यस्तै चौकुने वडा नं. १ धनराशमा ३ लाखको लागतमा चिडियाखाना बनाउने भनेका छौं । वनविज्ञान क्याम्पस स्थापना गर्न तोस्रामा २५ लाख र कृषि क्याम्पश गुटुमा स्थापना गर्न १५ लाख रकम विनियोजन गरेका छौं ।
यो बजेट क्याप्शको पूर्वाधार विकास, सम्भाव्यता अध्ययनमा खर्च गरिनेछ । त्यस्तै हामीले चौकुनेको समृद्विको लागि कृषि तथा पशुपालनमा ३० लाख छुट्याएका छौं । हामी मापदण्ड बनाएर इच्छुक युवा उद्यमीलाई व्यवसाय प्रोत्साहन गर्न सो रकम खर्च गर्ने योजना बनाउदै छौं ।
उद्याशीलताकालागि हामीले तालिम दिने, आर्थिक सहायता गर्ने, करमा छुट दिने, कृषिमा व्यापक विस्तार गर्न साल्म देखि लगामलाई वाख्रा पालन पकेट क्षेत्र घोषणा गरेका छौं । घाटगाउँलाई बदाम, गुटुलाई धान खेतिलगायत अन्य वडालाई हामीले विषेश क्षेत्रको रुपमा विकास गर्दै लैजाने योजना बनाएका छौं ।
उक्त क्षेत्रमा अहिलेसम्म एक वटा पनि एम्बुलेन्स छैन एम्वुुलेन्स किन्नुको साटो जनप्रतिनिधिका लागि मोटरसाइकल खरिद गर्ने निर्णय गर्नु भएको छ । यो आवश्यक कि एम्बुलेन्स ?
स्वास्थ्य चौकी गुटुले एम्बुलेन्स खरिद गर्दैछ । साविकको गाविसले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको तर त्यो रकम निकास हुन नसकेका कारण रोकिएको थियो । हामीले पहल गरेर सो रकम गाविसको खातामा आइसकेको छ । अब खरिद प्रक्रिया अघि बढ्दैछ । साथै अरु स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिन सकिने अवस्था बाटोको अभावका कारण छैन ।
मोटरसाइकल खरिद गर्ने निर्णय र एम्बुलेन्स खरिद गर्ने भन्ने कुरा फरक हुन जस्तो लाग्छ । सडकको स्तर राम्रो नभएको, विट बस्ती भएको, जनतालाई सेवा दिदा चुस्तता अपनाउन सहज होस भनेर हामीले ५ वटा वडाका लागि र ४ वटा गाउपालिकाका लागि मोटरसाइकल किन्ने योजना बनाएका हों ।
यसलाई अन्यथा लिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । गाँउपालिकामा १० वडा छन् । पहिलेका केहि गाविसले मोटरसाइकल किनिसकेको अवस्थामा हामीले थप मोटरसाइकल किनेर जनताको काम गर्न सहज होस भन्ने हेतुले यो योजना बनाएका हों । यसका लागि हामीले २२ लाख रकम विनियोजन गरेका छौं ।
यहाँहरुले पहिलो गाउँ सभाबाट गुरुयोजना निर्माणका लागि भनेर ३० लाख बजेट छुट्याउनु भएछ । आफैले गुरुयोजना निर्माण गर्न सकिदैन र ?
हेर्नुस, हामीले सामान्य प्राmोइल बनाउने योजना बनाएका होइनौं । मास्टर योजना बनाउनकालागि करिब १ करोड खर्च हुन्छ भन्ने मैले सुनेको छु । समृद्व चौकुने बनाउने भनेर भन्छौं तर बिना योजना कसरीत्यो सम्भव हुन्छ ? मास्टर प्लानिंगको लागि हामीले ३० लाख छुट्याएकाछौं । यसभित्र स्वास्थ्य, शिक्षा, बस्ती व्यवस्थापन, कृषि, आर्थिक सम्वृद्विको कम्तिमा ५० वर्षका लागि गुरुयोजना बनाउने भन्ने हाम्रो धारण रहेको छ ।
त्यसकालागि हामीसँग स्थानीय रुपमा पर्याप्त विशेषज्ञ छैनन् । दक्ष र विषयगत विशेषज्ञ बाहिरबाट बोलाउनुपर्ने हुन्छ । त्यसकालागि हामीले सो परिमाणमा बजेट विजनियोजन गरेका हौं । यो योजनाले आगामी चौकुनेको रुपान्तरणमा अतुलनीय भूमिका खेल्ने अपेक्षा सहित हामीले सो बजेट विनियोजन गरेका हौ ।
यहाँहरुले आफूले जितेको वडामा करोड बढीस् बजेट हारेको वडामा लाख बजेट विनियोजन गरेको भन्ने आरोपे छ, यस्तो किन गर्नु भा हो ?
यो आरोप लगाउनु पछि गम्भिर चलखेल हुदैछ भन्ने मेरो बुझाइ हो । चौकुने गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले यस्तो आरोप लगाउनै सक्नुहुन्न । किनभने हामीले सबै वडा अध्यक्षलाई राखेर बजेट बाँडन निर्देशन दिएका थियौं । योजनाहरु तलैबाट उहाँहरुले पास गर्नुभएको हो । मात्र हामीले बजेट बढी भएका ठाँउमा कम र कम भएका ठाँउमा थप गरेका हौं ।
त्यो पनि सहमतिमा नै हामीले त्यस्तो गरेका हौं । यो चाँहि विरोधका नाउँमा विरोध हो जस्तो लाग्छ । जस्तो एमालेले जितेको वडा नं. ५ मा हामीले वन विज्ञान क्याम्पश खोल्दै छौं त्यसकालागि २५ लाख बजेट गयो । कृषि क्याम्पस खोल्न वडा नं. ६ मा १५ लाख गएको छ । त्यहाँ माओवादीले जितेको छ । समग्रतामा भन्दा सबै वडालाई हामीले समानुपातिक बजेट विनियोजन गरेका छौं ।
चौकुने सीमेन्ट उद्योग वर्षौंदेखि लाइसेन्स लगेर काम नभएको अवस्था छ ।चौकुने उद्योग सञ्चालनका लागि के गर्दै हुनुहुन्छ ?
मैले बारम्बार ठेकेदारलाइ ध्यानाकर्षण गराइरहेको छु । तर यिनीहरुले माथिल्लो तहका नेताहरुलाई पालेका हुदारैछन । जनप्रतिनिधिहरुलाई त टेर्दा पनि रहेनछन् । अर्को कुरा के रैछ भने ठुला ठेकेदारहरुको कामै ठाउँ ओगटने, अनुकुल हुँदा मात्र काम गर्ने रहेछ ।
लाइसेन्स खारेज हुन्छ की भनेर दुइ चार दिन स्काभेटर ल्याएर डाँडामा राख्छ तर काम ठप्प छ, हामीले बारम्बार सम्पर्क गरेका छौं उनीहरु आएका छैनन मेरो सबैसँग अनुरोध के हो भने हामीलाई सल्लाह सुझाव दिनुहोस, हामी यो विषयमा कसरी अघि बढ्न सक्छौं ।
त्यस्तै, गुटु –बेनीघाट सडक खण्डबारे पनि डिभिजनसम्म कुरा गरिरहेका छौं । ठेकेदारले ग्रावेल गर्ने नाममो ठुला ढुंगा सडकमा हालेका कारण गाडी जान सकेको छैन । वर्षातले माटो बगाउँदा ठुलठुला खाल्डा बनेका छन् । हामीले चाँडो बाटो बनाउन आग्रह गरेका छौं । स्थानीय सडक मर्मत सम्भारकालागि स्थानीय तहबाट केहि रकम पसनि विनियोजन गरेका छौं । मलाई के लाग्छ भने देशका सबैभन्दा ठूला राजा त ठेकेदार पो रहेछन । यिनलाई खटाउन चुनौति देखेको छु ।
चौकुने अध्याँरो छ । उज्यालो बनाउने भन्नु भा छ के योजना बनाउनु भयो ?
हामीले उज्यालो चौकुनेका लागि तीन विकल्प अघि सारेका छौं । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा । तत्कालका लागि पहिलो विकल्प सोलारबाट उज्यालो बनाउने भनेका छौं । त्यसका लागि हामीले ३० लाख बजेट छुट्याएका छौं । उक्त बजेटबाट विपन्न वर्गका जनतालाई हामीले वितरण गर्नेछौं । साथै सोलार प्लान्ट स्थापना गर्ने पनि हामीले योजना बनाएका छौं ।
त्यस्तै मध्यकालीन विकल्पका लागि वेगखोली लघुजलविद्युत योजना निर्माणको चरणमा छ । सो योजनाको सफलताका लागि हामीले अपुग १० लाख रुपैंया विनियोजना गरेका छौं ।
घोग्रो खोला लघुजलविद्युत्त आयोजना निर्माण गर्न १३ लाख रकम छुट्याएका छौं भने दिर्घकालका लागि विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडने, वेतान हाइड्रो जो ६८८ मेगावाट उत्पादन हुनेछ, त्यसको केहि समयमा नै एक टोलीअध्ययनको लागि आउदैछ । काम प्रारम्भ भएको ६ वर्ष भित्र काम पुरा हुने उहाँहरुले हामीलाई जानकारी दिनुभएको छ ।
रात प¥यो कि टेलिफोन सेवा काम नगर्ने गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, त्यो समस्या हटाउन के गर्नुभयो ?
हो । चौकुनेमा राती फोन कहिल्यै लाग्दैन थियो । म निर्वाचित भइसकेपछि टेलिकममा आएर बुझ्दा साविकको छाप्रेको निगालपानी भन्नेठाउँमा मुख्य टावर रहेको, हेरचाहको लागि दुइजना गार्ड राखेको पाइयो । तर उनीहरु दुवैजना अन्यत्र झरेका देखिए ।
उक्त ठाँउमा रहेको टावरलाई चार्ज गर्ने काम सोलार गर्छ तर सोलारले पानी परेको दिन, बादल लागेको दिन काम नगर्दा हाम्रो क्षेत्रमा काम नगर्ने हुँदो रहेछ । त्यहाँको त्यो समस्या समाधान गर्न जेनेरेटर पनि रहेछ तर तेल बडैचामा थन्किएको रहेछ । हाम्रो दबाब र सक्रियताका कारण माथि तेल गएको छ । अहिले केहि समस्या समाधान भएको छ ।
स्थायी समस्या समाधान गर्न सकिएको छैन । सोलारको विकल्प जेनेरेटर हो । तेल पर्याप्त मात्रामा पठाउन र ठुलो जेनेरेटर राख्न हामीले टेलिकमलाई आग्रह गरेका छौं ।
छुवाछुत, छाउपडी प्रथा चौकुनेमा कायमै छ । त्यसको नियन्त्रणका लागि योजना बनाउनुभयो त ?
हो । चौकुनेमा यि लगायत समाजाजिक रुढीवादी परम्पराले जरो गाडेको अवस्था छ । ती परम्परा अन्त्य गर्न जनताको चेतना स्तर बढाउनु पर्ने देखिएको छ । हामीले महिला लक्षित भनेर केहि बजेट विनियोजन गरेका छौं । हामी विभिन्न सरोकारवालाहरुसँग मिले अभियान कै रुपमा यी कार्यक्रमहरु गर्नेछौं । त्यस्तै मदिरा नियन्त्रणका लागि समेत हामीले सल्लाह गर्दै छौं । ब्राण्डेडबाहेक अन्य उत्पादन रोक्न पहल गर्ने योजना छौं । मदिराको सेवनबाट समाजलाई, परिवारलाई हानी पु¥याउने कुराबारेमा जनचेतना जगाउने कार्य थालनी गर्ने योजना हाम्रो छ ।
अन्त्यमा केहि भन्नु छ की ?
हामीले चौकुने गाउँपालिकालाई हरित चौकुने बनाउने भनेका छौं । चौकुने अहिले पनि हराभरा छ । हाम्रो उदेश्य भनेको डाँडा काँडा हरिया बनाउने, हरेक ठाँउमा उद्यानहरु बनाउने हो । खाली रहेका डाँडाहरुमा वृक्षारोपण गर्ने र वन्य पैदावारबाट लघुउद्यम सिर्जना गरी जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने हाम्रो ध्येय हो ।
अहिलेलाई हामीले काठ नीकासी तत्काललाई बन्द गरेका छौं । र अन्त्यमा हामीले अन्यत्र भन्दा पनि चौकुनेको समृद्धि गर्नुछ । चौकुनेलाई सुर्खेतकै समृद्व गाँउपालिका बनाउनुछ । यसकालागि सबैलाई सहकार्य गर्न, सुझाव दिन यहाँहरुको पत्रिका मार्फत आग्रह गर्दछु । धन्यवाद ।