☰ open Loading... 14 March 2025|  

अपांगता ऐन पारित गर्न माग
  | १७ श्रावण २०७४, मंगलवार १०:१७

अपांगता क्षेत्रका अभियन्ताहरूले अपांगता अधिकार ऐनलाई चाँडो पारित गर्न माग गरेका छन्। क्रान्तिकारी अपांग संघले नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालालाई भेट गरी यस्तो माग राखेको हो। अपांगता भएका व्यक्तिहरूको अधिकार ऐन मस्यौदा २०७२ विधेयकका रूपमा संसद्मा छ।

मन्त्रालयमा हेल्प डेस्क सञ्चालन गर्न र सातवटै प्रदेशमा अपांगता पुनस्स्थापना केन्द्र स्थापना हुनुपर्ने माग पनि संघले गरेको छ। उक्त केन्द्रमा द्वन्द्वबाट प्रभावित अपांगता भएका व्यक्तिहरूसहितका अपांगता भएका व्यक्तिहरूको शारीरिक पुनस्स्थापना र स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने संघका संयोजक टेकनाथ न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन्।