☰ open Loading... 17 November 2024|  

सामाजिक तथा लैङ्गिक परिक्षण अभ्यास
  | १७ श्रावण २०७४, मंगलवार २१:३२

दैलेख । दैलेखमा पहिलो पटक सामाजिक तथा लैङ्गिक परीक्षण कार्यक्रम अभ्यास गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलखले बर्ष भरी गरेका गतिविधिको सम्बन्धित सरोकारवालालाई जानकारी गराउने र उनीहरुबाटै कार्यक्रमको मूल्याँकन गर्ने उद्धेश्यले सामाजिक तथा लैङ्गिक परीक्षण गरेको हो ।

सामाजिक परीक्षण कार्यक्रमले संस्थाको संस्थागत विकास, सामाजिक जवाफदेहिता र पारदर्शितामा बृद्धि हुने सहभागीले बताएका थिए । कार्यक्रमको प्रभावकारीता बढाउन र सूचनाको हकको प्रत्याभूति दिनका लागि सरकारी तथा गैरसरकारी संस्थाले वर्षमा एक पटक अनिवार्य सामाजिक परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गरेको छ ।

तर, धेरै गैरसरकारी संस्थाहरुले गदैनन् । सामाजिक परीक्षणमा सहभागीले राखेका सुझावको आधारमा संस्थाको नीति तथा कार्यविधिमा सुधार गर्दै कार्यक्रमको प्रभाकारीतामा बृद्धि गर्दै लगिएको सस्थापक अध्यक्ष हिरासिँह थापाले बताए । विभिन्न दातृ निकायको साझेदारीमा संस्थाले ९ वटा परियोजना मार्फत समुदायका विपन्न, दलित, महिला तथा बालबालिकालाई सेवा दिइरहेको कार्यकारी निर्देशक वषन्त श्रेष्ठले बताए ।

बाल श्रम, बाल हिंसा, छाउपडी र बालविवाह न्यूनिकरण गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उनको भनाई थियो । संस्थाको नीति कार्यक्रमका साथै आगामी रणनीतिका बारेमा पनि श्रेष्ठको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । सामाजिक तथा लैङ्गिक समावेशीकरणमा संस्थाले गरेको प्रगति श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेका थिए ।