☰ open Loading... 3 May 2024|  

सात हजार बढीले दर्ता गराए मतदाता नामावली
  | १७ श्रावण २०७४, मंगलवार २१:३०

धनगढी । आसन्न प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन शुरु गरेको दुई साता वित्दा कैलालीमा सात हजार बढीले नामावली दर्ता गराएका छन् ।

आयोगले साउन १ गतेदेखि फोटोसतिहको मतदाता नामावली संकलन शुरु गरेको थियो । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीमा सात हजार ६६ जना नया“ मतदाताले नामावलीमा नाम दर्ता गराएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका शाखा अधिकृत एवं सूचना अधिकारी प्रेमराज भट्टले १४ दिनको अवधिमा तीन हजार आठ सय ४७ पुरुष र तीन हजार दुई सय १९ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।

साउन १ गतेदेखि मतदाता नामावली संकलन कार्य शुरु भएकोमा साउन १२ गते सबैभन्दा बढी सात सय ५४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

मातदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भिड बढ्दै गएपछि कार्यालयले साउन महिना भरि नै नाम दर्ता गर्ने व्यवस्था मिलाएको सूचना अधिकारी भट्टले बताए ।

अब मतदाता नामावलीमा नाम दर्ता गर्न कै लागि सदरमुकाम आउने झन्झट पनि हटेको छ । सूचना अधिकारी भट्टले सोमबार देखि ३२ गतेसम्म कैलालीका ६ गाउ“पालिका, ६ नगरपालिका र एक उपमहानगरपालिकाको कार्यालयबाट मतदाता नामावली नाम दर्ता गर्न सकिने बताए ।

स्थानीय तहमै मतदाता नामावली दर्ता गराउनका लागि क्षेत्रीय निर्वाचन कार्यालयले १३ वटै तहमा कर्मचारी खटाईसकेको उनले जानकारी दिए । उनले मतदाता नामावली दर्ता संकलनका लागि १३ वटै तहमा एक दर्ता सहयोगी, एक सहायक दर्ता खटाएको उनले बताए ।

त्यस्तै, क्षेत्रीय निर्वाचन कार्यालयले मतदाता नामावली दर्तासंगै ठाउ“सारीको काम पनि गरिरहेको छ । ठाउ“सारी गर्नेले फोटो खिच्न पर्दैन । निवेदन दिएमात्र पुग्छ ।

मताधिकारको प्रयोग गर्ने अवसर नछुटाउनको लागि नागरिकहरु फोटोसहितको मतदाता नामावलीमा नाम संकलन गर्न आतुर छन् । ‘थोरै दिनम धेरै नागरिकहरु फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन’ अर्यालले भने– मताधिकारको महत्व नागरिकहरुले क्रमशः बुझ्दै गएको अवस्था छ ।