☰ open Loading... 19 May 2024|  

सुत्केरी अबस्थामै परिक्षा दिदाँ विनितालाई समस्या
  | १९ श्रावण २०७४, बिहीबार १२:२७

नन्द बहादुर रोकाया
मुगु । महाकाली उच्च माध्यामिक बिद्यलायमा अध्यनरत बिनितालाई एसईई परिक्षा दिँदा समस्या भएको छ । छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० बर्षिय बिनिता शाही लाई सुत्केरी भएको दुई दिनमै सुत्केरी अबस्थामा परिक्षा दिनुुपर्दा समस्या भएको हो ।

आजबाट शुरु भएको एसईई ग्रेड वृद्धीमा पहिलो दिन अग्रेजी बिषयको परिक्षा दिँदै गर्दा आफुलाई परिक्षा हलमा निकै समस्या भएको र लेख्ने सहयोगी राख्न नदिएकोमा उनले दुखेसो पाेखसन। दुई दिनको आली सुत्केरी भएकाले निकै समस्या भएको र शरीर दुख्ने, हात नचल्ने अबस्थाले लेख्न सक्ने अबस्था नभएर केहि नलेखेको शाहीले बताईन ।

यता महाकालीका उच्च माध्यामिक बिद्यालयका प्राचार्य एवम केन्दा अध्क्षय देव बहादुर मल्लका अनुसार बिरामी भएको अबस्थामा कक्षा ८ सम्मको बिद्यार्थी लाई परिक्षाको लागी सहयोगी राखेर लेख्न पाउने प्रबधान भएपनी उहाँले १२ कक्षा पढ्दै गरेका लाई सहयोगी राख्न खोजेकाले राख्न नदिईएको बताए ।

उनका अनुसार कक्षा ८ सम्मको बिद्यार्थी लाई सहयोगी ल्याउन आग्रह गर्दा पनी कुनै वास्ता नगरेका कारण समस्या भएको हाे । एसईई परिक्षामा मुगुका २० माविका ३९५ बिद्यार्थी मध्ये आजको अंग्रेजीको परिक्षमा ३४३ जना बिद्यार्थी सहभागी भएका थिए । जिल्ला भरीको परिक्षा केन्द्र सदरमुकाम मा रहेको महाकाली उच्च माबिमा क र ख केन्द गरी सञ्चालन गरिएकाे छ ।