☰ open Loading... 17 November 2024|  

सुर्खेतमा १७० मिलिमिटर वर्षा
  | २० श्रावण २०७४, शुक्रबार ०९:०८

सुर्खेत । सुर्खेतमा पछिल्लो २४ घण्टामा १७० मिलिमिटर वर्षा भएको छ । मध्य–सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार यो वर्ष परेको पानी यो वर्षकै सवैभन्दा ठुलो वर्षा हो ।

पानी पर्ने क्रम अझै नरोकीएकाले नदी तथा खोला किनाराका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ । वीरेन्द्रनगर उपत्यका भएर बग्ने खोर्के खोला र इत्राम खोलामा बाढीको बहाव बढ्दो क्रममा छ । उपत्यकाबाट बाहिरीने यी खोलामा अहिले १७० मिलिमिटर बाढीको बहाव रहेको छ ।

यस्तै, कार्यालयकाे छिन्चु स्थित कालिदमारमा रहेकाे स्टेशनले मापन गरेकाे वर्षा १६१ मिलिमिटर छ । ठुलाे वर्षात भएकाले खाेला किनाराका नागरिकलाइ उच्च सतर्कता अपनाउन कार्यालयका प्रमुख निराजन सापकाेटाले अाग्रह गरेका छन् ।