सुर्खेत । पटक–पटक विवादमा आएरै थलिएको विश्वविद्यालयले यो पटक पनि विवादमा मुछिएको छ । विभिन्न माग राख्दै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लामो सयमदेखी आन्दोलनरत छन् भने विश्वविद्यालयका पदाधिकारी गल्तीको ढाकछोप गर्दै पत्रकार सम्मेलन गर्दै अाएका छन् ।
सम्बन्धनको विरोध गर्दै आन्दोलनरत विद्यार्थीका माग पूरा नगरेर विश्वविद्यालय ऐन विपरित इन्जिनियर संकायमा सहायक डिन नियुक्ति गर्दा विवादमा विश्वविद्यालय मुछिएकाे छ । योग्यता नपुगेको व्यक्तिलाई ऐनलाई मिचेर निर्णयलाई आधार मानि सहायक डिन नियुक्त गरेको खुलेपछि विश्वविद्यालयका पदाधिकारीले गल्ती ढाकछोप गर्ने प्रयास गरिरहेका छन् ।
विश्वविद्यालयको विस्तारित कार्यालयमा शुक्रबार विश्वविद्यालयका पदाधिकारीले कार्यकारी परिषद्ले गरेको ६५ औँ निर्णय अनुसार नै सहायक डिन नियुक्त गरिएको पत्रकार समक्ष दावी गरे ।
तर खुलेर पदाधिकारीले गरेको निर्णयपत्र देखाउन सकेनन् । सम्मेलनमा रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले आन्दोलनरत विद्यार्थीतर्फ इन्कित गर्दै भने,–‘आङ कन्याएर धुलो उडाउने काम भइहरको छ ।’ उनको यो शव्दले पदाधिकारीले हालसम्म सवै राम्रा काम गरेको र विश्वविद्यालयमा कुनै गल्ती नगरेको भाव भने झल्किन्थ्यो ।
यति मात्र हैन मिडिया खाली हल्लाको पछाडी लागेर उही झुण्डमा समाहित भएको भावार्थ रजिष्ट्रारको बोलीमा थियो । लामो समयसम्म मिडियाप्रति आक्रोश पोखेका रजिष्ट्रार मल्लले हालसम्म आफूहरुले शतप्रतिसत राम्रो गरेको दावी गरे ।
अाफूले गरेकाे निर्णय कुनै हालतमा फिर्ता नगर्ने पदाधिकारीले बताउँदै अाएका छन् भने विद्यार्थीले पदाधिकारीकाे दादगिरीलाइ पतन गराएरै छाड्ने उदघाेष गरेका छन् । तर सम्मेलनमा रजिष्ट्रार मल्लले थप सम्बन्धनकाे दिने तयारी गरेकाे बताए ।
सहायक डिन हुन सरकारी विश्वविद्यालयमा कम्तीमा १० वर्ष शिक्षण तथा अनुसन्धानमूलक काममा खटिएको, सहप्राध्यापक तहको व्यक्ति हुनुपर्ने प्रावधानमा छ । तर, खड्का नियुक्त हुँदा उनको सेवाअवधि पाँच वर्षसमेत पुग्दैनथ्यो । उनी काठमाडौं इन्जिनियरिङ कलेजमा उपप्राध्यापक थिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली ०६९ को परिच्छेद ३१ नियम १६९ बमोजिम परिषद्को फागुन २ गते बसेको बैठकले उनैलाई सहायक डिन बनाउने निर्णय गरेको थियो ।
विश्वविद्यालयको ऐन विपरित उपकुलपति कोइरालाले ०७३ फागुन ३ देखि लागू हुने गरी दुई वर्षका लागि वीरेन्द्र खड्कालाई सहायक डिनको नियुक्त गरेको थिए । विश्वविद्यालयले ऐन विपरित निणर्यलाई आधार बनाई सहायक डिन निय्ुक्त गरेको उजूरी पछि खुलेकाे थियाे । सरकारी विश्वविद्यालयले ऐन संशोधन गर्दा विश्वविद्यालयको सिनेटले बसेर ऐन संशोधन गर्नुपर्ने कानुनी प्रवाधान समेत पदाधिकारीले मिचेका छन् ।
पत्रकार सम्मेलनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले सहायक डिन नियुक्ती बिश्वविद्यालयको कार्यकारी नियमावली अनुसार नै भएको दावी गरे ।
ईन्जिनियरिङ् संकाएको सहायक डिनका लागि कुनै पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट संबन्धित विषयमा कम्तिमा दास्रो श्रोणीमा स्नातोकोत्तर पास भएको व्यक्तिलाई छनोट गर्न सकिने प्रावधान अनुसार विश्वबिद्यालयले नियुक्ति गरेको उनको जिकिर छ ।