☰ open Loading... 3 May 2024|  

सुनको शुद्धता नाप्ने मेशिन सुर्खेतकाे संस्कृती ज्वैलर्सले भित्रायाे
  | २१ श्रावण २०७४, शनिबार २०:२४

सुर्खेत । सुनको शुद्धता नाप्ने जर्मनी कम्पनी द्धारा उत्पादन गरिएको टन्च मेशिन पहिलो पटक सुर्खेतमा ल्याएको छ । मध्य र सुदूरपश्चिमकै पहिलो पटक सुनको शुद्धता नाप्ने सो मेशीन सुर्खेतको संस्कृति ज्वैलर्सले भित्राएको हो ।

टन्च मेशिनले सुनमा कति धातु वा मिसावट छ भन्ने सजिलै पत्ता लागाउन सिकने संस्कृती ज्वैलर्सका सञ्चालक कलम खड्काले जानकारी दिए । टन्स मेशिनका माध्यमबाट सुन जाँच गरि लिदा ग्राहकहरु ठगिनबाट जोखिने उनले बताए ।

टन्स मेशिनले सुन, चाँदीको शुद्धता मापन गर्ने, १ नम्बर तथा २ नम्बर सुनको पहिचान गर्ने, सुन, चाँदीको गुणस्तर पहिचान गरी खरिद विक्रि गर्ने, सरकारबाट प्राप्त सुन चाँदीको सही भाउ अनुसार गहनाको मुल्य तोक्न र सहज तरिकाले खरिद विक्रि गर्न वास्तविक मुल्यका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले भनाई छ ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले शनिबार उद्घाटन गरिएको टन्स मेशिनको मुल्य ५२ लाख रहेको छ । जनताहरुको मागलाई मध्य नजरगरी मेशिन भित्राईएको खड्काले जानकारी दिए ।

विगतमा सुनको शुद्धता टेस्ट गर्दा सुनलाई पगाल्नु पर्ने बाध्यताको समेत अन्त्य भएके छ । टन्च मेशिनको माध्यमबाट सुनलाई नपगालेर सिधै शुद्धता हेर्न सकिने खड्काले बताए । सुनको शुद्धता र तौलको ल्याब चेक जाँचका लागि २ सय रुपियाँ लाग्ने छ । बुटवलदेखि यता पश्चिम नेपालमै पहिलो पटक संस्कृतिक ज्वैलर्स सुर्खेतले यो मेशीन भित्राएको खड्काको दावी छ ।