☰ open Loading... 3 May 2024|  

धनगढी उपमहानगरपालिकाको प्रस्तावित वजेट एक अर्व १४ करोड
  | २१ श्रावण २०७४, शनिबार २१:०३

मिन ठकुरी
धनगढी । सात नम्बर प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्व १४ करोड ४१ लाख ५९ हजार रुपैया बजेट प्रस्ताव गरेको छ ।

धनगढी उपमहानगरपालिकाको प्रथम नगरसभा अबिधेशनले शनिबार धनगढीमा गरेको कार्यक्रममा सो बजेट प्रस्ताव गरेको हो । प्रस्तावित वजेट मध्ये पुँजी गततर्फ ८८ करोड ८५ लाख ८४ हजार र चालु खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार रुपैया रहेको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले प्रस्तुत गरेको प्रस्तावित वजेटमा आयतर्फ आन्तरिकमा रु. ९ करोड ७९ लाख ८७ हजार, वित्तीय समानिकरणमा रु. ७२ करोड ३९ लाख २८ हजार, सामाजिक सुरक्षा कार्यक्रम रु. १६ करोड, मालपोत रजिष्ट्रेसनमा रु. २ करोड ७० लाख, स्थानीइ शासन सामुदायिक विकास कार्यक्रमबाट रु. ८० लाख, सडक बोर्ड नेपालमा रु. ८४ लाख, सौर्य बत्ती कार्यक्रमबाट रु. ६५ लाख, सीमा क्षेत्र विकास कार्यक्रमबाट रु. ९७ लाख ७५ हजार, क्षेत्रीय शहरी विकास कार्यक्रमबाट रु. ६ करोड ७७ लाख २० हजार आय अनुमान गरिएको छ ।

यस्तै नगर विकास कोष अनुदान तथा ऋणबाट रु. ३२ लाख, लागत सहभागिता रु. १५ लाख, अन्य आय रु. २८ लाख २९ हजार र बैंक मौजादात रु. २ करोड ७३ लाख १९ हजार गरी जम्मा रु. १ अर्ब १४ करोड ४१ लाख ५९ हजार आयको अनुमान गरिएको छ ।

प्रत्येक वडालाई ५० लाख सम्म समान रुपमा र बाँकी रकम जनसंख्या तथा भूगोललाई आधारमानी क्रमस ६०÷४० को अनुपातमा भार दिई बिनियोजन गरिएको छ ।

विकास वजेटमध्ये ६० प्रतिशत पूर्वाधार विकास र ४० प्रतिशत वजेट प्रवद्र्धनात्मक कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाईएको छ । प्रस्तावित बजेटमा पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रबाह, वित्तीय व्यवस्थापन र सुशासनमा जोड दिइएको छ ।