☰ open Loading... 20 April 2024|  

शुरु भयाे तीज राैनक : छमछमी नाचे सुर्खेतका जननिर्वाचितहरुले (भिडियो)
  | २८ श्रावण २०७४, शनिबार १७:३२

सुर्खेत । सुर्खेतमा तीज रौनक शुरु भएको छ । दिदी नेपाल संस्थाले वीरेन्द्रनगरमा शनिवार आयोजना गरेको तीज नृत्य प्रतियोगितामा सुर्खेतका नगर र गाउँपालिकाका उप–प्रमुख तथा उपाध्यक्षहरुले छमछमी नाचे ।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उदेश्यले आयोजित तीज नृत्य प्रतियोगितामा वर्षातमा झरेको झरीले समेत छेक्न सकेन् ।

दिदी नेपालले आयोजना गरेको कार्यक्रममा विद्यालय स्तरिय तीज नृत्य प्रतियोगीतामा विजयीहरुलाई पुरस्कार पनि वितरण गरेको थियो । साथै, सुर्खेतका नौं स्थानीय तहका नगर तथा गाउँपालिकाका उप–प्रमुख / उपाध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका सह–आयोजक राज डान्स र प्रयोजक ट्यान्स वर्ग वियर हुन् ।

सुर्खेतमा तिज विशेष तथा सम्मान कार्यक्रम हुने