☰ open Loading... 4 May 2024|  

गुर्भाकाेटमा पहिरोले घर बगायाे, एकै परिवारका तीनको मृत्यु
  | २९ श्रावण २०७४, आईतवार ०७:३४

सुर्खेत । अवरल वर्षासंगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षिय गुमानसिं बुढा, उनका १४ वर्षिय नाती विक्रम बुढा र १२ वर्षिय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको थियो । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार विहान निकालेको स्थानीय शिक्षक इन्द थापाले बताए ।