| २९ श्रावण २०७४, आईतवार ०७:३८
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2017/08/Ratn-rajmarg-2.jpg?resize=740%2C455)
सुर्खेत । रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराती पहिरो गएको हो । सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास विहानैबाट शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।