☰ open Loading... 19 April 2024|  

बबईमा बाढीकाे बहाव घट्दै, भादा नदीमा उच्च खतरा
  | २९ श्रावण २०७४, आईतवार ०८:०७

सुर्खेत । मौसम विज्ञान विभागका अनुसार बर्दियाको चेपाङमा बाढी बहाव घटदो क्रममा छ भने गुलरियास्थित भादा नदीमा भने बाढीको बहाव बढदो क्रममा छ ।
चेपाङमा अहिले बाढीकाे बहाव ८.४२ मिटर छ । यता भादा नदीमा ९.५० मिटर छ ।

……………………………………………………………………………

बर्दिया हुँदै बग्ने बबई नदीमा बाढीको बहाव यस वर्षकै उच्च रहेको छ । मौसम विज्ञान विभागका अनुसार बर्दियाको चेपाङमा बाढीको सतह ८.४८ मिटर पुगेको छ । यो उच्च खतरा हो ।

यता गुलरियास्थित भादा नदीमा पनि बाढीकाे बहाव यस वर्षकै उच्च मापन भएकाे छ । ८ मिटर सम्म बाढीकाे बहाव बढेमा उच्च खतरा मानिने भादा नदीमा अहिले बाढीकाे बहाव बढेर ९‍‍.३० मिटर पुगेकाे छ ।

६ मिटर बाढीको बहाव पुग्दा खतरा मानिन्छ । बाढीको बहाव बढीहरेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ ।