☰ open Loading... 3 May 2024|  

सुर्खेतको विद्युत सेवा अवरुद्ध, बबईको बाढीले पोल बगाएको अनुमान
  | २९ श्रावण २०७४, आईतवार १०:०९

सुर्खेत । सुर्खेत र दैलेखको विद्युत सेवा गएरातीबाट अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रशारण लाइनको विचमा वर्षाले विद्युत तार र पोलमा क्षती पु¥याउदा विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र सुर्खेतका सुपरभाइजर विजेश रञ्जितका अनुसार विद्युत सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने एकिन हुन सकेको छैन् । तर चेपाङस्थित बबई नदीमा आएको बाढीले विद्युत पोल बगाएको हुनसक्ने अनुमान केन्द्रको रहेको रञ्जितले जानकारी दिए ।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली रत्नराजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रञ्जितले बताए । भारी वर्षा र पहिरोका कारण मर्मत टोली अलपत्र परेको उनको भनाई छ ।