☰ open Loading... 17 November 2024|  

पश्चिम नेपालको नेपालगञ्जमा उच्च वर्षा मापन
  | २९ श्रावण २०७४, आईतवार ११:१४

सुर्खेत । देशभरी बाढीले वितण्डा मच्चाइरहेको बेला पश्चिम नेपालमा समेत भारी वर्षा भइरहेको छ । आइतबार विहानसम्म पश्चिम नेपालको नेपालगञ्जमा सवैभन्दा बढी वर्षा मापन भएको छ ।


मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार आइतबार विहान नेपालगञ्जमा ६३ मिलिमिटर वर्षा भएको छ । यता, दाङ ४८, सुर्खेतमा ३१, धनगढीमा २७ र दिपायलमा ४ मिलिमिटर वर्षा भएको छ । मंगलवारसम्म पश्चिम नेपालमा उच्च वर्षा हुने भएकाले नागरिकलाई सतर्कता अपनाउन कार्यालयका प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

शुक्रबार रातीबाट परेको वर्षाले देशभर ४३ जनाको मृत्यु भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन् । आइतबार विहान मात्रै बर्दियाका भूरिगाउँ, गुलरिया, बानियाभार लगायतका वस्तीमा बाढी पसेको छ ।