☰ open Loading... 17 May 2024|  

नेपालगञ्ज पुगेर गृहमन्त्रीले भने,-‘उद्धार र राहत वितरणमा २४ सैं घण्टा खट्नुस्’
  | २९ श्रावण २०७४, आईतवार ११:४५

सुर्खेत । देशमा आएको महाविपत्तीको सामना सरकार एक्लै गर्न नसक्ने गृहमन्त्री जनार्दन शामाले बताएका छन् । बाढीले अवस्था बुझ्न नेपालगञ्ज आइपुगेका गृहमन्त्री शर्माले संकटको सामना गर्न सवैको साथ आवश्यक रहेकाले यो बेला खटिन आग्रह गरेका छन् । शर्माले बाढीबाट प्रभावितको उद्धार र राहत वितरणमा २४ सैं घण्टा खट्न सुरक्षा निकाय र प्रशासनलाइ निर्देशन दिएका छन् ।

बाढीले वितण्डा मच्चाइरहेको बेला सवै नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न गृहमन्त्रीले आग्रह गरेका छन् । नेपालगञ्ज विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले अवरुद्ध सडक सुचारु गर्न सडक कार्यालयसंग समन्वय गरेर सुचारु गर्ने कार्य भइरहेको बताए ।

झापादेखी बर्दियासम्म बाढीबाट नागरिक प्रभावित भएको जनाकारी दिएका गृहमन्त्री शर्माले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी अन्य नागरिकहरु उद्धारमा खटिरहेको जानकारी दिए ।

शर्माले स्थानीय स्तरमा अावश्यक सामग्री खरिद गरेरै भएपनि नागरिकलाइ राहत वितरण गर्न निर्देशन दिए । उनले उच्च जाेखिम रहेका क्षेत्रमा तत्काल हेलिकप्टरबाट पनि उद्धार गर्न निर्देशन दिएका छन् ।

‘वर्षात भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ’ गृहमन्त्री शर्माले भने,–‘उद्धारमा तपाइहरु खटिराख्नु भएको छ, वर्षा हुनेक्रम अझै जारी रहेकाले २४ मै घण्टा खटिन आग्रह गर्दछु ।’

गृहमन्त्रीले सीमावर्ती क्षेत्रका नदीहरूमा भारतले बनाएका बाधकाे ढाेका खाेल्न कुटनीतिक प्रयास भइरहेकाे जानकारी दिए । तर उनले जिल्ला स्तरबाट कर्मचारी खटाएर त्यहाँकाे विवरण गृहमन्त्राललाइ पठाउन निर्देशन दिएका छन् ।