☰ open Loading... 20 April 2024|  

सुर्खेतकाे अवरूद्ध विद्युत सेवा साेमबार मात्रै सूचारू हुने
  | २९ श्रावण २०७४, आईतवार १८:०८

सुर्खेत । गएरातीदेखी नै सुर्खेतकाे विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रशारण लाइनको बबईमा बाढीले विद्युतको पोल बगाएपछि सुर्खेत र दैलेखको विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र सुर्खेतका सुपरभाइजर विजेश रञ्जितका अनुसार अवरुद्ध राजमार्गका कारण विद्युत कहाँ विग्रियो भन्ने यकिन थाहा हुन सकेका छैन् ।

‘बबई नदीमा पोल बगाएको ठम्याई हाम्रो छ’ सुपरभाइजर रञ्जितले भने,–‘बबईसम्मको लाइन ठिक भएको कोहलपुरको टोलीले पुष्टी गरेको छ, तर बबई नदीमा बाढी उच्च भएकाले नदी किनारबाट जान सकिएको छैन् ।’

उनले विद्युत मर्मतका लागि सुर्खेतबाट गएको टोली सडक अवरुद्ध हुँदा छिन्चुमा रहेकाले सोमबार मात्रै विद्युत सेवा सुचारु हुने जानकारी दिए ।