☰ open Loading... 16 November 2024|  

तीज म्युजिक अवार्डमा सुर्खेती कलाकार हरि विष्टको ‘ह्याट्रिक’
  | ५ भाद्र २०७४, सोमबार ०३:४६

सुर्खेत : काठमाडौंमा सम्पन्न छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा पनि सुर्खेती कलाकार हरि विष्टले ह्याट्रिक गरेका छन् । सुर्खेती कालाकार विष्टको सम्झाना माईतीको भाग ५ अन्तरगत दुई गीत ९ विधामा छनौट भएका थिए । तर विष्टले ४ अवार्डसहित लगातार ३ वर्षदेखी लगतार लयमा ह्याट्रिक गरेका हुन् ।

विष्टको याे वर्ष नदी तिरैमा वोलकाे गीतले पनि ह्याट्रिक गरेकाे छ । शव्द, लय, उत्कृष्ट ध्वनी मिश्रण, म्युजिक भिडियो छाँयाकनमा भने अाउँछ तीज गीतकाे बाेलमा अवार्ड जितेको हो । यो गीतको लय शव्द विष्टकै हो भने ध्वनी मिश्रणमा संयज श्रीपाल र भिडियो छाँयाकन करन चैसिरले अवार्ड जितेका छन् ।

 

यस्तै, सुर्खेती सर्जक धर्मराज गिरीको तीजको गीत युकेको सारी बाेलकाे गीतमा गायिका टिका पुन उत्कृष्ट गायिका बन्दै अवार्ड जितकी छन् । लामो समयदेखी दर्शक र श्रोतको मन जित्न सफल गायिका पुनले वर्षोत्कृष्ट गायिका भएपछि कला संगीतमा थप हौसला मिलेको प्रतिक्रिया दिइन् । सुर्खेतकै माेडल दिपासा विसीले सर्वोत्कृष्ट तीज गीत भिडियो ‘मैना चरी’बाट अवार्ड जितेकी छन् ।