☰ open Loading... 26 April 2024|  

ब्राउनसुगर सहित एक जना पक्राउ
  | ७ भाद्र २०७४, बुधबार २३:०१

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले ४ सय मिलिग्राम ब्राउनसुगर सहित वीरेन्द्रनगर–५ का १९ वर्षिय विवेक सापकोटालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सापकोटालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान थापाले जानकारी दिए ।

उनले लागु औषध कारोवारी र सेवनकर्तालाई प्रहरीले विशेष निगरानीमा राखेर लागेको दावी गरे । सुर्खेतमा पछिल्लो समय प्रहरीले लागु औषध प्रयोग गर्नेहरुको संख्यामा बढोत्तरी भएपछि प्रहरीले निगरानी बढाएको हो ।