☰ open Loading... 18 November 2024|  

हाजिर भएकाे ७० दिन पुग्न नपाउँदै फेरिए सिडियाे
  | १० भाद्र २०७४, शनिबार ०९:२६

दैलेख । दुई महिना १३ दिन दैलेखका प्रमुख जिल्ला अधिकारी भएर काम गरेका प्रकाशचन्द्र अधिकारीले आफ्नो कार्यालयसंगै जिल्लामै नमुना काम गरेका छन् । शुक्रवारमात्रै सरुवा भएर गृह मन्त्रालय जान लागेका अधिकारी दैलेखमा छोटो समयमै कुशल प्रशासक भएर नमुना काम देखाएका हुन् ।

एउटा प्रमुख जिल्ला अधिकारी भएर के गर्न सक्छन् ? त्यसको नमुना दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गरेका कामहरुबाटै देख्न सकिन्छ । उनले आउने वित्तिकै कार्यालयका हरेक सुचनाहरु एसएमएसबाटै सम्वन्धी ब्यक्तिहरु कहाँ पुराउने ब्यवस्था मिलाए । त्यसपछि उनले जिल्लाका सवै कार्यालयलाई सुचनामैत्री बनाउन थाले ।

अनि, कार्यालयहरुमा बोर्ड, सुचना अधिकारीको कर्मचारी शाखा, सुचना पार्टी प्रयोगमा ल्याउदै सुचनाको हकसम्वन्धी जानकारी दिने बोर्ड कार्यालय अगाडी अनिवार्य राख्ने निर्णयसंगै कार्यान्वय गरे । अहिले प्रत्येक महिनाको ४ गते सुचना अधिकारीको बैठक बस्ने गरेको छ । त्यसको अलवा उनले एसएमएस सिटम, कार्यालय प्रमुखदेखी अन्य बैठकहरुको निर्णय र्वबसाईट अपडेटदेखी सरोकारवालासंग ईमेल मार्फत सार्वजनिक हुने ब्यवस्था मिलाए ।

अहिले दैलेखमा पत्रकारदेखी सरोकारवाला निकायले बैठकमा हुने निर्णयहरु ईन्टरनेटबाटै सहज पाउँछन् । सवै कार्यालयहरुमा ६ किसिमका निवेदनहरु निशुल्क रुपमा सेवाग्राहीले पाउने गरि सेवाप्रवाह गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । सेवाग्राहीलाई सन्तुष्टी पार्नका लागि काम छिटो गर्न आवश्यक ब्यवस्था मिलाएका छन् ।

जेष्ठ नागरिक, अपांग, एकल महिला तथा असक्तहरुलाई पहिलो प्रथामिकता दिएर सेवा दिएको र सवै कार्यालयले दिने ब्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । त्यस्तै सेवाग्राहीहरुलाई बेन्चमा बसेरै सेवा दिने ब्यवस्था, नायव सुब्वाको नेतृत्वमा हेल्प डेक्सको ब्यवस्था, सहजताका लागि फिल्टरद्धारा खानेपानीको ब्यवस्था गरिएको छ । तत्कालै भवन डिभिजनबाट अंपागमैत्री शौचालन, प्रतिक्षालय र स्तनपान कक्षका लागि ठेक्का भईसकेको छ ।

सितलमा बस्नका लागि कार्यालय अगाडी चोतारो निर्माण भएको छ । अहिले जिल्ला प्रशासन कार्यालयले अंपागमैत्री, सुचनामैत्री, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाएर सुशासनमा अब्बल कार्यालय भएको छ । अहिलेसम्म नभएको मुद्धाहरु हेर्ने ईजलास निर्माण भएको छ । दुई महिनायता सरसरफाई प्रत्येक दिन गर्ने र फोहोर ब्यवस्थापनको ब्यवस्था समेत मिलाईएको छ ।

गाडी पांकिगका र खेल मैदान लागि निर्माण समेत गरिएको छ । विगतमा हातले लेखेर नागरिकता दिईदै आएकोमा अहिले कम्प्यूटरबाटै लेखेर नागरिकता तयार हुन्छ । बालश्रमलाई उल्मुलनका लागि कार्यान्वयमा ल्याउन बालश्रमको अनुगमन, संरक्षण गर्ने ब्यवस्था आफुले मिलाएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए ।

धन्नै १० हप्ता बसेर सरुवा भएका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले दैलेख बजारको ब्यवस्थापन गर्नका लागि आधुनिक बसपार्क निर्माण, पाकिग ब्यवस्थापन गर्ने कार्य तयारी हुँदाहँदै पनि गर्न पाएनन् । तर, बजार अनुगमन गर्ने, सुचनामैत्री लगायत काम गरेर जिल्लालाई सुशासनमैत्री बनाउन महत्वपूर्ण काम गरेर प्रमुख जिल्ला अधिरकारी प्रकाशचन्द्र अधिकारी जिल्लाबासीमाँझ छोटो समयमै लोकप्रिय भईसकेका छन् ।

सुशासनकर्मी निर्मल अधिकारीले भने, ‘प्रकाशचन्द्र अधिकारीले १० हप्तामा गरेको काम अहिलेसम्म कसैले पनि गरेको छैन् र थिएन् पनि । उहाँको कामले छोटो समयमै दैलेख जिल्लाबासीको मनमा बस्नुभयो उहाँ ।’ जिल्लाका सवै स्थानीय तहमा घुम्ती शिविर मार्फत उनकै अगुवाईमा कम्प्यूटरबाटै लेखेर नागरिकता वितरण गरे ।