☰ open Loading... 3 May 2024|  

विवेकशील साझा पार्टीकाे सुर्खेत संयोजकमा ओमदत्त रेग्मी
  | १० भाद्र २०७४, शनिबार ०९:३८

सुर्खेत । विवेकशिल साझा पार्टीले सुर्खेत जिल्लाको संयोजकमा ओमदत्त रेग्मीलाई जिम्मेवारी दिएको छ । शनिबार वीरेन्द्रनगरमा विवेकशिल साझा पार्टी ६ नम्बर प्रदेशले आयोजना गरेको जिल्ला संयोजक तथा प्रदेश सदस्य घोषणा कार्यक्रममा जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश सदस्यमा पनि रेग्मीलाई नै तोकेको छ । रेग्मी पुर्व वरिष्ठ इन्जिनियर समेत हुन । कार्यक्रममा प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दाहालले विवेकशिल साझा पार्टींले मात्र मुलुकको विकास गर्न सक्ने दावी गरेका छन् । उनले प्रदेशमा साझा पार्टीलाई पहिलो स्थानमा ल्याउन संगठन विस्तारको अभियानलाई तिव्रता दिएको जानकारी दिए ।