☰ open Loading... 19 November 2024|  

जनप्रतिनिधिहरुलाई न्यायिक तालिम
  | १४ भाद्र २०७४, बुधबार १९:१६

दैलेख । रोलर तथा यूएनडीपीको सहयोगमा महिला सशक्तिकरण मञ्चले हिंसा पीडित महिलाको न्यायमा पहुँच परियोजनाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरुलाई न्यायिक पद्धति सम्वन्धी ३ दिने तालिम सुरु गरेको छ । नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षलाई दिइएको न्यायिक समिति संयोजकको जिम्मेवारी कार्यान्वय क्षमता विकास गर्न तालिम सुरु गरेको हो ।

दैलेखका ४ नगरपालिकाका प्रमुख, उपप्रमुख र ७ वटा गाउँपालिकाका उपाध्यक्षहरु समेत १५ जनाको लागि लागि संञ्चालन भएको तालिमको पहिलो दिन जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले न्यायिक समिति र कार्य सम्पादन प्रक्रिया विषयमा अभिमुखीकरण गएका थिए । तालिमको महत्व र यसको सफल कार्यान्वयनको विषयमा बोल्नु भएको थियो ।

तालिममा सामाजिक समावेशीकरण प्रशिक्षक हिम्मतसिह लेकाली मुख्य सहजकर्ताको अलवा ६ जना स्थानीय सरोकारवालाले अभिमुखीकरण गर्ने हिंसा पीडित महिलाको न्यायमा पहुँच परियोजनाका संयोजक राधा मल्लले बताईन् ।