☰ open Loading... 22 May 2024|  

अझै खुलेन गाँउपालिकामा लागेकाे ताला
  | १४ भाद्र २०७४, बुधबार १९:०८

सागर परियार
जुम्ला । पातारासी गाउँपालिकाको कार्यालय अनिश्चितकालिन तालाबन्दी हुँदा पनि जिल्ला प्रशासन मौन रहेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । आइतबारबाट जारी रहेको तालाबन्दी खुलाउन अनुरोध गरेपनि प्रशासनले कुनै पहल नगरेको भन्दै पातारासी गाँउपालिकाका जनप्रतिनिधिहरुले प्रशासन मौन रहेको गुनासो गरेका हुन् । गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको आरोपमा स्थानियले कार्यालयमा तालाबन्दी गर्दा दैनिक कामकागसँगै सेवा प्रवाहका सबै काम ठप्प भएका छन् ।


स्थनियले बजेट पुनरावलोकनको माग सम्बोधन नभएसम्म ताला नखोल्ने प्रतिबद्धता गरेका छन् । भने गाँउपालिकाका जनप्रतिनिधिहरुले ताला खुलाउन छलफल गरीरहेका छन् । गाउँपालिका प्रमुख लक्षीमन बोहोराले भने, ‘ताला खुलाउने बिषयमा स्थानियसँग छलफल गर्दा समझदारी हुन सकेको छैन । हरेक प्रयास गर्दा स्थानियले ताला नखुलाएपछि जिल्ला प्रशासनलाइ समन्वयका लागि अनुरोध गर्यौ तर प्रशासनले पनि यस बिषयमा वास्था गरेन ।’

गाँउपालिकाको दैनिक कामकागसँगै सेवा प्रवाहका सबै काम ठप्प हुँदा स्थानियनै मर्कामा परेका छन्, उनले भने स्थनियले बजेट पुनरावलोकनको माग गर्दै कार्यालय तालाबन्दी गर्नु उपयुक्त नभएको उनको तर्क छ । ‘बजेट कसैले मनपरी तरीकाले बाँडेको छैन । स्थानियकै मागका आधारमा सबै वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरुले बजेट स्वीकृत गरीसकेका छन् ।’ उनले भने,- ‘अब बजेट पुनरावलोकन हुदैन । कम बजेट छुट्याइएको विकासे कार्यक्रमलाइ आगामि बर्षमा पनि बजेट विनियोजन गरेर विकासे कार्यक्रम पुर्ण बनाइने छ ।’