☰ open Loading... 3 May 2024|  

उपलव्धी देखिने गरी काम गर्छु सञ्चार राज्यमन्त्री विष्ट
  | १५ भाद्र २०७४, बिहीबार १८:३०

सुर्खेत । पत्रकारहरुको हक हित र उत्थानका लागि देखिने गरी काम गर्ने सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै राज्यमन्त्री विष्टले भने,–‘मेरो कार्यकालमा सञ्चारको विकासको लागि उपलव्धी देखिने गरी काम गर्छु ढुक्क हुनुहोस् ।’


श्रमजीवि पत्रकार ऐन कार्यान्वय, पत्रकार महासंघ शाखा सुर्खेतको भवन स्तरोन्नती, समानुपातिका विज्ञापन नीति लागु जस्ता कार्यहरु आफ्नै कार्यकालमा गर्नमा लाग्ने उद्घोष मन्त्री विष्टको छ । पत्रकारहरुका मागका विषयमा सञ्चारमन्त्रीसंग बसेर कार्यान्वय गर्नमा कुनै कञ्जुसाई नगर्ने बताए विष्टले उल्लेख गरे ।

सवै घर–घरमा इन्टरनेट सेवा पु¥याउन नसकेपनि सार्वजनिक तथा पर्यटक स्थाल र विद्यालयहरुमा फ्रि–वाइफाई जोन बनाउने योजना सरकारले द्रुतगतीमा अघि बढाएको विष्टले जानकारी दिए ।

तर विष्टले प्रदेशस्तरिय संरचनामा मुलुक रुपान्तरण भएकाले प्रदेश ६ मा आवश्यक सञ्चार कार्यालयहरु स्थापनाका लागि पहली प्रयास थाल्ने प्रतिवद्धता जनाए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार तथा सञ्चार गृहमा विभिन्न समस्या रहेकाले तीनको उचित समाधान गर्न सञ्चार राज्यमन्त्रीलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सञ्चार क्षेत्रका समस्यासहितको ६ बुदे मागपत्र बुझाएका थिए ।