☰ open Loading... 17 May 2024|  

ह्यान्डबल प्रतियोगितामा १३ विद्यालय सहभागी
  | १६ भाद्र २०७४, शुक्रबार १५:१९

सुर्खेत । दोस्राे जिल्ला विद्यालय स्तरीय ह्यान्डबल प्रतियोगिता शुक्रवारदेखी वीरेन्द्रनगरमा शुरु भएको छ । राष्ट्रिय बेस बल संघका अध्यक्ष तथा खेलकुद महासंघ प्रदेश ६ का अध्यक्ष प्रदिप खत्रीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

जिल्ला ह्यान्डबल संंघ सुर्खेतको आयोजनामा आधारभुत तथा माध्यामिक तहका छात्रछात्राहरु बिच प्रतिस्पर्धा हने जिल्ला ह्यान्डबल संघ सुर्खेतका सचिव भुवन शाहीले जानकारी दिए । सुर्खेतका १३ विद्यालयका छात्रछात्राहरुले सहभागीता जनाएको प्रतियोगितामा भदौ १९ गते सम्म सञ्चालन हुनेछ ।