☰ open Loading... 2 May 2024|  

पश्चिम नेपालका ३२ जिल्लामा दुइ चरणमा निर्वाचन हुने
  | १६ भाद्र २०७४, शुक्रबार ११:३३

सुर्खेत । पश्चिम नेपालका हिमाल, पहाड र तराईका जिल्लाहरुमा दुई चरणमा निर्वाचन हुने भएको छ । आगामी मंसिर १० र २१ गते संघ र प्रदेशको चुनाव दुई चरणमा हुन लागेको हो ।

प्रदेश ६ का रुकुमको पश्चिमी भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा मंसिर १० गते निर्वाचन हुनेछ ।

यस्तै, प्रदेश ६ का सल्यान, सुर्खेत, दैलेख तथा प्रदेश ७ का कैलाली , कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मंसिर २१ गते निर्वाचन हुने आयोगले कार्य तालिका सार्वजनिक गरेको छ ।

यसैगरी प्रदेश ५ का पूर्वी रुकुम, रोल्पामा मंसिर १० गते र नवलपरासीको बर्दघाट पश्चिम, पाल्पा अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा मंसिर २१ गते निर्वाचन हुनेछ ।