☰ open Loading... 3 May 2024|  

चामुण्डाविन्द्रासैनीले थाल्याे एम्बुलेन्स खरिद प्रक्रिया
  | १७ भाद्र २०७४, शनिबार १०:३७

सुर्खेत । चामुण्डाविन्द्रासैनी नगरपालिकाले एम्बुलेसन खरिद गर्नका लागि प्रक्रिया अघि बढाएको छ । भदौ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले निर्णय गर्दै एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको हो ।

छिटो छरितो स्वास्थ्यममा पहुँच पु¥याउनका लागि एम्बुलेन्सका प्रक्रिया अघि बढाई सकेको चामुण्डाविन्दासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । ‘जनताले समयमै उपचार गर्न नपाएर अकालमै मृत्यु हुन्छ, जनतालाई बचाउन एम्बुलेन्सको आवश्यकता छ ।’ शाहीले भने,-‘चामुण्डाविन्दासैनमा एम्बुलेन्स जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस गरि मन्त्रालयमा पठाउने तयारीमा छौँ ।’

मन्त्रालयले हामीलाई गाडी दिनु भन्दापनि, एम्बुलेन्स दिनु पर्छ त्यसैले एम्बुलेन्स खरिदलाइ प्राथमिकतामा राखेकाे उनको भनाई छ । नगर भित्र रहेका लोपउन्मुख वनस्पति र जीव जन्तुको नाम संकलन गने निर्णय गरिएको नगर–प्रमुख शाहीले जानकारी दिए । नाम संकलन गरे सकेपछि विज्ञहरु परामर्श अनुरुप नगरपालिका संरक्षणमा लाग्ने उनको भनाई छ । यसैगरी तत्काल नगरलाई कृषि मोडेल एरिया छनौटका प्रक्रिया अघि बढाईएको जानकारी दिए ।

वर्षो देखिे नागरिकता बनाउदाँ प्रयोग हुदै आएको दैलेख वाल मन्दिरको फारम प्रयोग नगर्ने निर्णय गरिएको छ । नगरपालिकाले विन्द्रासैनी मन्दिरको नामको फारम नागरिकतामा प्रयोग गर्ने लागेको । आफ्नै फारम प्रयोग अनुमतिका लागि जिल्ला प्रशासनसंगपनि मौखिक रुपमा कुरा भईसकेको लिखित हनु बाँकी रहेको नगरपालिका सहायक प्रशासक खगेन्द्र शाहीले जानकारी दिए ।

विन्दासैनी मन्दिर फारमबाट संकलन भएको राजश्व नगरपालिका भित्र रहेको धार्मिक एवंम पर्यटकीय स्थलमा खर्च गरिने प्रशासक सहायक शाहीले बताए ।