☰ open Loading... 30 April 2024|  

भेरी–कर्णाली नदीको संगमस्थलमा धार्मिक महोत्सव हुँदै
  | १७ भाद्र २०७४, शनिबार १२:११

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ स्थित घाटागाउँमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव सञ्चालन हुने भएको छ । दुई नदीको संगम स्थाललाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको विकास गर्न सोह्र श्रद्धाको अवसरमा सो महोत्सव सञ्चालन हुन लागेको हो ।

कार्यक्रम बारे जानकारी दिँदै प्रचारप्रासर समितिका संयोजक पदम खनाल ।

यही भदौ २१ गतेबाट शुरु हुने महोत्सवको उद्घान सुर्खेत क्षेत्र नम्बर ३ का सासंद् तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले उद्घाटन गर्नेछन् । महोत्सवमा दैनिक विहान ७ देखी साँझ ५ बजेसम्म योग विज्ञान शिविर, १००८ शालिग्राम पुजन, रुद्री पाठ, कथा वाचन, बाल शिक्षा, दिव्य झाँकी जस्ता कार्यक्रमहरु सञ्चालन गरिने मुल आयोजक समितिका प्रचार–प्रसार समितिका संयोजक पदम खनालले जानकारी दिए ।

महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक किशोर शरण सुवेदीले गर्नेछन् । संयोजक खनालका अनुसार महोत्सवमा पितृहरुको उद्धार तथा श्राद्ध गर्ने व्यवस्था गरिएकाे छ । आगामी ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा झण्डै १५ लाख खर्च हुने अनुमान महोत्सव मुल आयोजकको छ ।

तर सुसंस्कार समाज कैलालीले महोत्सवमा लाग्ने खर्च ब्यहोर्ने सम्झौता गरेको छ । कार्यक्रममा सवैभन्दा बढी दान गर्ने व्यक्तिहरुलाई विभिन्न दानहरु गर्ने व्यवस्था रहेको प्रचारप्रसार संयोजक खनालले जानकारी दिए ।