☰ open Loading... 3 May 2024|  

मदिरा नियन्त्रण गर्न शिक्षकले गरे प्रतिबद्धता
  | १७ भाद्र २०७४, शनिबार १३:०८

सागर परियार
जुम्ला । मदिरा जथाभावी विक्रि वितरणले गर्दा हिंसात्मक गतिविधिले बढवा पाएको छ । मदिरा विक्रि वितरणमा रोक लगाउन प्रहरी प्रशासनले पनि खासै कडा कदम पनि चालेको पाईदैन । अबैध रुपमा चोरी निकासी गरी मुगाल समुदायहरु गाउँ गाउँमा गएर मदिरा बेच्ने गरिरहेका छन । जसलेगदा घरेलु हिंसा देखि विभिन्न हिंसात्मक गतिविधि बढ्दै गएका छन ।

यस विषयमा प्रहरी प्रशासन देखि सबै सरोकारवाला पक्ष मौन भईदिदा मदिरा नियन्त्रणमा भने निकै चुनौती देखिएको थियो । अहिले पनि गाउँघरमा जाड रक्सी आएर महिला लाई कुटपिट गरेका घटनाहरु मिलाउदै महिला सेवा केन्द्र बेस्थ देखिन्छ । सेवा केन्द्रका गएको आर्थिक वर्ष २०७३/७४ मा जाड रक्सी खाई भएका घरेलु हिंसा घटनामात्रै ३० भन्दा बढि आएको बताएको छ । ति मध्य अधिंकाश घटना मिलाइएको छ ।

तर चन्दननाथ नगरपालिका भरिका प्रधानाध्यापकहरुले मदिराले निम्त्याईरहेको विद्यमान समस्याहरु मध्यनजर गरी अब देखि मदिरा नियन्त्रण गर्ने साझा प्रतिबद्धता जनाएका छन । जाड रक्सीको जथाभावी विक्री वितरणले समाजमा पारेको प्रतिकुल असरलाई कम गर्न नगरपालिका भरीका प्रधानाध्यापकहरुले प्रतिबद्धता गरेका हुन ।

मदिरा नियन्त्रण अभियान अब विद्यालयबाटै शुरु हुने जनता माध्यमिक प्राविधि विद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतले बताए । उनले भने विद्यार्थीहरु नै विभिन्न नसा सेवन गरी आउन्छ, होहल्ला गर्छन । र अभिभावकपनि जाड रक्सी खाई विद्यालयमा आउने गरेको उनको भनाई छ । त्यसैले अब मदिरा नियन्त्रणको लागि शिक्षक जागरुक हुनुको विकल्प छैन ।

अबको केहि समयपछि नगरक्षेत्र मदिरा रहित क्षेत्रको रुपमा स्थापित गर्न नगरक्षेत्रका शिक्षक सफल हुने भैरब मावि दुपिढुस्कका प्रधानाध्यापक भिम सानेले बताए । शिक्षकहरुले नेतृत्व गरेपनि प्रहरी प्रशासनले आफ्नो मौनतालाई नहटाए मदिरा विक्रि विरतण र हिंसात्मक गतिविधि ज्यूका त्यु रहनेले नगरपालिका उप्रमुख अप्सरादेखि न्यौपाने मतहले बताईन । उनले भनिन मदिरा नियन्त्रणको जिल्ला शिक्षकहरुले लिनु राम्रो हो ।

तर अभियानलाई सफल पार्न प्रहरी, प्रशासन, राजनितिक,बृद्धिजीवि, विभिन्न संजाल सबै गम्भीर हुनु पर्ने उपप्रमुख न्यौपानले मतहले बताईन । अहिले पनि गाउँघरका महिला जाडरक्सीकै कारण पिडित भईरहेका छन । हिंसा पिडित महिलाहरुलाई न्याय दिलाउनको लागि पनि मदिरा नियन्त्रणलाई प्रभावकारी रुपमा बढाउनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

उनले अटेरी गरी विक्रि वितरण गर्ने जो कोहिलाई नियम अनुसार यथाशिघ्र कार्बाहिको दारायरामा ल्याईने समेत प्रतिबद्धता गर्नु भएको छ । चन्दननाथ नगरपालिका भित्र रहेका विभन्न विद्यालयका १२ जना प्रधानाध्यापकहरुको सहभागिता र चन्दननाथ नगरपालिकाको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।